Monday, January 11, 2010

म्याग्दीका जनयुद्धका शहिद हेम कुमारी वि क कमरेड पि्रति बराङ्गजा८बुकेनी


नामः हेम कुमारी वि क
टेकनामः कमरेड पि्रित
जन्ममितिः २०४०।९।७गते
ठेगानाः बराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियतः प्लाटुन एफ जि एल
बाबाः श्री बहादुर भट्टराई
आमाः मँगले देवी भट्टराई
शहादत मितिः २०६१ असार
शहादत स्थानः भारत लखनऊ
घटना विवरणः म्याग्दी काली भेग अभियानबाट नेपाल दलित मुक्ति मोर्चा को म्याग्दीको जिल्ला सम्मेलन स्थल म्याग्दी भेगमा अन्तरजातीय विवाह गरेकोमा सम्मान ग्रहण गर्न जाँदै गर्दा पात्लेखेत को माथि जँगल चिमखोला म्याग्दीमा म्याग्नम राइफलको गोली पेटमा लागी भारत लखनऊ उपचारको क्रममा आन्द्राको अप्रेशन भएको एक हप्ता पछि शहादत भएको ।
राजनैतिक पृष्ठभूमिः २०५५ मा अखिल नेपाल किसान सँघ क्रान्तिकारी गाँउ इकाई समिति सदस्य ।२०५५ मा अखिल क्रान्तिकारी सदस्य । २०५९ फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५९ मा जनमुक्ति सेना नेपाल सदस्य । २०६० मा एफ जि एल ।

No comments:

Post a Comment