Tuesday, January 12, 2010

म्याग्दी जनयुद्धका शहिद लिल बहादुर घर्ति मगर कमरेड विदुर भकिम्ली१मुसुङ्ग


नामः लिल बहादुर घर्ति मगर
टेकनामः कमरेड विदुर
जन्ममितिः २०४० भाद्र १५ गते
ठेगानाः भकिम्ली १ मुसुङ्ग म्याग्दी
हैसियतः सेक्सन भाईस कमाण्डर
बाबाः गणेश बहादुर घर्ति मगर
आमाः भूमि घर्ति मगर
शहादत मितिः २०६०।१२।१० गते
शहादत स्थानः बाग्लुङ्ग ताराखोला जँगलमा
घटना विवरणः म्याग्दी बेनी आक्रमण बाट फर्किदा बाग्लुङ्ग ताराखोला जँगल धुरीमा घाईते कमरेडहरु सहित सिङ्गो फौजको सुरक्षाको लागि ब्लगमा खटेको बेला भोक अनिदो थकाईले गालिरहेको अवस्थामा ताराखोला को खोलाबाट पुनः धुरी नेर भर्खर पुग्नै लाग्दा म्याग्दी निस्कोट बाट आएर हाईटप कब्जा गरी बसेको तत्कालिन शाहि सेना सँगको आकस्मिक भिडन्तमा खुट्टामा गोली लागी घाईते अवस्थामा कब्जामा लिई ज्युँदै टाउको मुख जलाएर पेटमा र टाउकोमा गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभुमिः २०५८मा मगर मोर्चा सदस्य । २०५८ असोजमा आफ्नो भरुवा बन्दुक सहित गु्रपमा पूर्णकालिन कार्यकर्ता का हुँदा तत्कालिन पार्टी नेतृत्वले गाँउमा नै रहेर काम गर्न निर्देशन । २०५८ पुष २६ गते तत्कालिन शाहि सेना द्धारा गिरफ्तार एक हप्ता हिरासतमा राखि यातना दिई तारेखमा छुटेको । पुनः२०६० जेठमा पुर्ण कालिन कार्यकर्ता । २०६० शिखर साँस्कृतिक परिवार म्याग्दी को सदस्य । २०६० मा जनमुक्ति सेना नेपाल २० नम्बर बटालियन ए कम्पनी सदस्य । २०६० एफ जि एल र सेक्सन भाइस कमाण्डर ।

No comments:

Post a Comment