Tuesday, December 7, 2010

मन्तव्य
आदरणीय वीर शहीदहरु लालसलाम !
हाम्रो देश नेपालमा सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको लागि गरिएको १० वर्षे जनयुद्धले राजनीतिक वृत्तमा ठुलो उथलपुथल ल्यायो । गाउँबस्तिहरुमा पनि आमजनताको मन मष्तिकमा वर्गीय मुक्तिको चेतना अर्को अर्थमा भन्दा राजनैतिक चेतनाको स्तर वृद्धि गर् यो जसले गर्दा अन्यायको विरुद्धमा आवाज उठाउन सक्ने स्थितिको सृजना भएको छ । यसमा आदरणीय वीर शहीदहरुले वगाएको रगतको देन छ ।
तिनै अमर शहीदहरुको संक्षिप्त परिचयसहित सम्मानका लागि ए ने क पा
माओवादी जिल्ला सङ्गठन समिति म्याग्दीले शहीद स्मारिका निकाल्न लागेको रहेछ । यो काम असाध्यै राम्रो हो । अहिले वर्गीय आन्दोलन जनयुद्धले स्थापित गरेका मूल्यमान्यताहरु गुम्दै गैरहेका छन् । वर्गसङ्घर्ष होइन वर्गसमन्वय तर्फ अगाडि बढीरहेको छ । यसको मुख्य कारण विचारमा आएको विचलन नै हो । यस्तो अवस्थामा सही विचारको पक्षमा उभिएर शहीदहरुको सपना पूरा गर्ने कुराले नै शहीदहरुको सही सम्मान हुने छ ।
भावनाको कुरा गर्दा म्याग्दी जिल्लाका महान् शहीदहरु मध्ये धेरै ८०% लाई म चिन्ने गर्दछु । हामी सँगै सहकार्य गर् यौं सँगै लड्याँै सँगै हास्यौं सँगै रोर् याँै उहाँहरुले वर्गीय मुक्तिको लागि पार्टीको योजनामा हाँसी-हाँसी बलिदान दिनु भयो । त्यतीबेला हामीलाई ठूलो झट्का लाग्ने गर्दथ्यो र आक्रोस र उर्जाका साथ अगाडि बढ्थ्यौं र आन्दोलन यहाँसम्म आएको हो । शहीदहरु अजर-अमर हुनुभयो । हामी के हुने शहीदको सपना पूरा गर्ने वा संसोधनवादी बन्ने अबको परीक्षाको घडी हो । महान शहीदका परिवार वा म्याग्दी जिल्ला पार्टीलाई सधैभरि शहीदहरुको सपना साकार पार्ने र त्यो सपना साकार पार्ने विचारको पक्षमा उभिन आग्रह गर्दै म पनि वर्गीय मुक्ति आन्दोलनमा शहीदहरुको सपना साकार पार्न अन्तिम समयसम्म लड्ने प्रतिवद्धता व्यक्त गर्दछु । स्मारिकामा दुई शव्द लेखेर शहीद प्रतिको सम्मान गर्ने अवसर दिएकोमा म्याग्दी जिल्ला पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु । अन्तमा फेरि पनि वीर शहीदहरु लाल सलाम ॥
मिति २०६७÷४÷१४
चन्द्रबहादुर चन्द वीरजङ्ग
जिल्ला इाचार्ज
एकीकृत ने क पा माओवादी
जिल्ला सङ्गठन समिति कपिलवस्तु

No comments:

Post a Comment