Tuesday, December 7, 2010

प्रकाशकीय
नेपाली समाज रुपान्तरणको महाभियानमा महान् जनयुद्धको
योगदान अतुलनीय र अविस्मरणीय छ । दस वर्षे महान जनयुद्धमा दसहजार
भन्दा बढी नेपालका सर्वोत्तम् छोराछोरीको प्राणको उत्सर्ग भएको छ । ती
अमर शहीदहरुले आफ्नो विवेक साहस र शौर्यसहितको बलिदानबाट
सिङ्गो दुनियाँलाई मुक्तिपथमा लामबद्ध हुन प्रेरित गरिरहनुभएको छ । यो महान्
आदर्श र योगदानलाई आज झन् स्थापित गर्नुपरेको छ । यही परिवेशमा ढिलै
र सानो प्रयासको रुपमा जनयुद्धको क्रममा शहादत प्राप्त गर्नुहुने म्याग्दीका
शहीदहरुको परिचयस्वरुप यो सानो स्मारिका पुस्तिका प्रस्तुत गरेका छौं । यो
स्मारिकाको निम्ति मन्तव्य लेख्नु हुने महासचिव कमरेड रामबहादुर थापा
बादल स्थायी कमिति सदस्य क। नेत्रविक्रम चन्द विप्लव पी वी एम कमरेडहरु
हितमान शाक्य सुमन हरिभक्त कँडेल प्रतीक नारायण शर्मा कमलप्रसाद हेमन्तप्रकाश वली सुदर्शन सी सी एम  कमरेडहरु सन्तोष बुढामगर विषम पूर्णबहादुर घर्ती मगर आभाष चन्द्रहरि सुवेदी अटल जोखबहादुर महरा प्रताप कपिलवस्तु जिल्ला इाचार्ज क चन्द्रबहादुर चन्द वीरजङ्ग र दोस्रो डिभिजन
कमाण्डर क। शुकबहादुर रोका मगर शरद र सहयोग पुर् याउनुहुने अन्य सबै
कमरेडहरुप्रति आभार प्रकट गर्दछौं । धन्यवाद ।
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
जिल्ला सङ्गठन समिित
म्याग्दी

No comments:

Post a Comment