मन्तव्य
विश्वसर्वहारा वर्गको एक टुकुर्डी हाम्रो गौरवशाली पार्टीको नेतृत्वमा साचालन भएको महान जनयुद्धको बाटोबाट नेपाललाई विश्वसर्वहारा वर्गको आधार इलाकाको रुपमा मुक्त गर्दै विश्वक्रान्ति सम्पन्न गर्ने महान् कार्यमा लामवद्ध हुने क्रममा हुसी-हुसी वीरगति प्राप्त गर्नु हुने ऐतिहासिक जिल्ला म्याग्दीका महान शहिदहरुको स्मारिकाको रुपमा ूशहीद स्मारिका महान् जनयुद्धमा म्याग्दीका अमर शहीदहरुू नामक पुस्तिका प्रकाशन गरी अमर शहीदहरुको सम्मान गर्ने कामको थालनी गरेको छ । म्याग्दी जिल्ला सङ्गठन समितिले । यस कार्यले शहीदहरुले देखाएको बाटोमा अघि बढ्नको निम्ति हामी सवैलाई उत्प्रेरित गर्ने छ । शहीदहरुको सपना पूरा गर्ने हाम्रो प्रतिवद्धतालाई व्यवहारमा उतार्न यसले हामीलाई थप प्रेरणा प्रदान गर्नेछ ।
ँमहान् जनयुद्ध’ सर्वहारा वर्गको नेतृत्वमा उत्पीडित वर्ग जाति िल· र क्षेत्रलाई मुक्ति दिलाउने एउटा महा अभियान हो । त्यसैले यसको नेतृत्व एवं सहभागिता सबैभन्दा
उत्पीडित वर्गबाट आउनु स्वाभाविकै थियो । यसक्रममा यस जिल्लाबाट एक बेपत्ता योद्धा सहित ७१ जना जनताका सबै भन्दा उत्पीडित तप्काका छोराछोरीहरुले शाहदत प्राप्त गरेको पुस्तिकाको तथ्यले बताउँछ । जसले जीवन र मृत्युको अर्थ बुझेको हुन्छ त्यसले नै सारा संसारको निम्ति जीउन र मन जानेको हुन्छ । त्यसैले महान् शहीदहरु विश्वसर्वहारा वर्गको मुक्तिको निम्ति आफ्नो अमूल्य जीवनलाई बलिदान गरेर कहिल्यै नमर्ने गरी बाँचेका छन् । त्यसैले उनीहरु अमर
छन् । चिरकालसम्म अमर रहने छन् । त्यसैले यो पुस्तिका ती अमर मान्छेहरुको वीर गाथा पनि हो ।
अमर शहीदहरु अव आफ्ना आमाबाबुका छोराछोरी मात्र रहेनन् बरु सिङ्गो म्याग्दी जिललाकै प्यारा छोराछोरी भएका छन् । आम उत्पीडित नेपालीका छोराछोरी भएका
छन् । विश्वसर्वहारा वर्गकै छोराछोरी भएका छन् । महान शहीदहरुले केवल आफूलाई मात्र होइन म्याग्दी जिल्ला र सिङ्गो नेपाललाई विश्व सामु चिनाएका छन् ।
आम सर्वहारा वर्गको मुक्तिको निम्ति जीवन बलिदान गर्नु हुने वीर शहीदहरुले देखाएको बाटोमा लामवद्ध हुदै सबैखाले गैरसर्वहारा प्रवृतिको विरुद्धमा निर्ममतापूर्वक सङ्घर्ष गर्दै नेपाली क्रान्ति सम्पन्न गरी विश्वसर्वहारा क्रान्ति सम्पन्न गर्नु नै शहीदहरुको सपना साकार पार्नु
हो । यस बाटोमा म आफू पनि निरन्तर लागिरहने प्रतिवद्धतासहित वीर शहीदहरुप्रति लाल सलाम ।
अन्त्यमा यो स्मारिका तयार पार्ने म्याग्दी जिल्ला पार्टीलाई धन्यवाद दिदै वीर शहीदहरु जन्माउने महान् म्याग्देली जनतालाई लाल सलाम टक्रयाउन चाहन्छु ।
वीर शहीद - लाल सलाम !
मिति ३० श्रावण २०६७
क्रान्तिकारी अभिवादनसहित
जोखबहादुर महरा प्रताप
केन्द्रीय सदस्य एवं सह-इाचार्ज
मगराँत राज्य समिित
एकीकृत ने क पा माओवादी
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment