मन्तव्य
शहीद क्रान्तिका ज्योति हुन् । सभ्यताका सर्जक पनि । क्रान्ति र सभ्यताका हिमायतीहरुले शहीदहरुको सम्मान र संरक्षण गर्नुपर्दछ । महान् जनयुद्धमा मात्र ९ हजार भन्दा बढी वीर शहीद र ५ हजार भन्दा बढी वेपत्ता योद्धाहरु हुनुहुन्छ । तीमध्ये म्याग्दी जिल्लामा मात्र ७० जना शहीद र एक जना वेपत्ता योद्धा हुनुहुन्छ । उहाँहरुको स्मृति र सम्मानमा म्याग्दी जिल्लाले शहीदगाथा प्रकाशन गर्ने तयारी गरेछ निकै खुशी लाग्यो । म्याग्दी जिल्ला पार्टीलाई धेरै-धेरै धन्यवाद ।
जरुरी पर्दा शहीद बन्न तयार हुनु गौरवको कुरा हो । महान् जनयुद्ध नेपाली जनताले बेहोरेको सवैभन्दा ठूलो क्रान्ति भएर पनि सफल हुनुको कारण यही हो । यो
वास्तवमा माओवादीको गौरवपूर्ण पहिचान पनि हो । हर माओवादी नेता कार्यकर्ता र असल नागरिकहरुले यसलाई गहिरो गरी मनन् गर्न जरुरी छ ।
नेपाली क्रान्ति पूरा हुन बाँकी छ । यसको मतलव हो शहीदको सपना पूरा हुन र जनताका दिन खुल्न बाँकी नै छ । हामी माओवादीलाई राम्रो थाहा छ । क्रान्ति सरल तरिकाले पूरा हुने छैन । यसका लागि अजङ्गका चुनौतीहरु पार गर्नु पर्नेछ । परन्तु चुनौतीको भय मानेर पुँजीवादी संसद्वादी लुच्चाहरुको पाउ पर्न जानु वा दुइदिन बढी बाँच्नको लागि लुरुलुरु घर फर्किनु असम्भव छ । हामीले चाहेको आदर्श जीवनको लागि क्रान्ति भइछाड्नेछ । शहीदहरु पृथ्वी रहेसम्म अमर रहनेछन् ।
नेत्रविक्रम चन्द विप्लव
स्थायी समिति सदस्य
एकीकृत नेकपा माओवादी
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment