Tuesday, December 7, 2010

मन्तव्य
शहिदहरु समाज परिवर्तनका उर्जा हुन् वैचारीक राजनैतिक र भौतिक शक्तिका प्रेरक हुन् । समाज परिवर्तनको लडाइँमा शाहादत प्राप्त गर्ने व्यक्तिको मृत्यू सामान्य आँखाले हेर्दा मात्र एउटा व्यक्तिको मृत्यू जस्तो लाग्छ तर वास्तवमा उस्को मृत्यूले वर्ग दुश्मणको मुटु कम्पायमान बनाएको हुन्छ । शक्ति क्षीण भएको हुन्छ भने लाखौंलाख न्यायप्रेमी जनतामा वर्ग दुश्मणप्रति तीव्र घृणा आक्रोश र मुक्तिको महाअभियानमा लामवद्ध हुने प्रेरणा प्रदान
गर्छ । दशौं हजार शहीदको रगतद्वारा िसंचित १० वर्षको जनयुद्ध र १९ दिने जनआन्दोलन तिनै महान् शहीदहरुद्वारा स्थापित सुन्दर उदाहरण हो । अझ यसो भनौँ वर्तमानको राज्यसत्ता तिनै महान् शहीदहरुको रगतको पोखरीमा निर्मित छ । तर विडम्बना बृहद् शान्तिवार्ताको ४ वर्ष वितिसक्दा पनि न त जनताले चाहेको संविधान बन्न सकेको छ न त स्थायी शान्ति नै
स्थापना हुन सकेको छ । उपरोक्त कुराको सही समाधानमानै अमर शहीदहरुको उच्च सम्मान र अधुरा सपनाहरु पूरा गर्ने प्रतिवद्धताहरु लुकेका छन् न कि टालटुले सुधार र पुरानै संसदीय
परम्पराको निरन्तरतामा । वर्षको एकचोटी शहीदको नाममा चढाइने पुष्प गुच्छा र शुभकामनाको आदानप्रदानले साँचो अर्थमा शहीदहरुको सम्मान हुन सक्दैन । राष्ट्रिय स्वाधीनताको रक्षा
जनताको सङ्घीय गणतन्त्रको नयाँ संविधान र स्थायी शान्ति एक अर्का सँग अविभाज्य विषय हुन् ।
पुरानो सत्ताको अन्त्य र नयाँ सत्ताको निर्माण गर्न वर्तमान सङ्क्रमणकालीन लडाइँमा सर्वहारा वर्गको लागि पूर्ण मुक्ति नहुँदासम्म निरन्तर लडाइँभन्दा अर्को विकल्प
छैन । पुरानो सत्ताका विरुद्धको विद्रोहमा अगाडि बढ्नलाई म्याग्दी जिल्लाद्वारा प्रकाशित शहीद स्मारिका महान् जनयुद्धमा म्याग्दीका अमर शहीदहरुू ले महान् जनयुद्धमा शाहादत प्राप्त गर्ने शहीदहरुको जीवनी बुझ्न र अगाडि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित शहीदहरुको जीवनी प्रकाशन गरेर शहीदहरुको इतिहासलाई सुरक्षित गर्न जिल्ला सफल भएको छ ।
अन्तमा पूर्ण मुक्ति नहुँदासम्म शहीद अभियानमा आपुू निरन्तर प्रतिवद्ध रहने प्रतिवद्धतासहित महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धााजली शहीद परिवारजनप्रति हार्दिक समवेदना र मन्तव्य लेख्ने अवसर दिनु भएकोमा प्रकाशकप्रति धन्यवाद व्यक्त गर्दछु ।
मितिः २०६७÷०४÷२८
क्रान्तिकारी अभिवादनसहित
पूर्णबहादुर घर्ती मगर आभाष
केन्द्रीय सदस्य एवं सेत्रेुटरी
मगराँत राज्य समिित
एकीकृत ने क पा माओवादी
शुभकामना मन्तव्य

No comments:

Post a Comment