मन्तव्य
वीर शहीदहरु लाल सलाम !
नेपालको क्रान्तिकारी इतिहासमा दश बर्षको जनयुद्ध एउटा गौरवमय इतिहास बनेको छ । जनयुद्धले धेरै नयाँ मूल्य-मान्यताहरुलाई स्थापित गरेको छ । यसमा जनयुद्धका महान् शहीदहरुको पहिलो र सर्वाधिक ठूलो भूमिका र योगदान रहेको छ । शहीदहरु समग्र नेपाल र नेपाली जनताका ढुकढुकी हुन् । महान् जनयुद्धका शहीदहरु शोषित-पीडित नेपाली जनताका धरोहर हुन् । त्यसैले शहीदहरुलाई सम्मान र स्थापित गर्नु हामी सबैको कर्तब्य हो ।
जनयुद्धले स्थापित गरेका थुप्रै प्रस्तावनाहरुमध्ये क्रान्तिकारी पहिचान र
क्रान्तिकारी धु्रवीकरण पनि एउटा हो । जनयुद्धले रोल्पा जन्मायो रुकुम जन्मायो र सिन्धुली गोर्खा कालिकोट आदि जन्मायो । यसैसँग दर्जनौं जिल्लाहरुमा लालगढहरु स्थापना
भए । त्यसमा म्याग्दी जिल्ला पनि एक हो । म्याग्दी जिल्ला मगराँतको एउटा जिल्ला हो ।
मगराँत निर्माणमा म्याग्दी जिल्लाको पनि महइभ्वपूर्ण भूमिका रहेको छ । मगराँत जनयुद्धको देन
हो । यो जनयुद्धको आधार क्षेत्र हो । जनयुद्धमा म्याग्दी जिल्लाले पनि आफ्नो कोटा चुक्ता
गरेकोछ । हालसम्म ७१ जना नेता कार्यकर्ता जनमुक्तिसेना र सर्वसाधारण जनताले
बलिदान गरेर म्याग्दी जिल्लालाई लालगढ अर्थात् क्रान्तिकारी किल्लाको रुपमा चिनाएका छन् ।
क्रान्तिकारीहरुको धु्रवीकरणको सवालमा पनि म्याग्दी जिल्ला एउटा नमूना बनेको छ । धौलागिरि हिमालको काखमा अवस्थित सुन्दर पर्यटकीय जिल्ला म्याग्दीको अब पर्यटकीय जिल्लाको रुपमा मात्र होइन एउटा क्रान्तिकारी किल्लाको रुपमा पनि पहिचान कायम भएको छ । यो कुरालाई संविधानसभाको निर्वाचनमा क्रान्तिकारीहरुले अत्यधिक बहुमतले विजय प्राप्त गर्नुले पनि पुष्टि गर्दछ ।
दश वर्षको जनयुद्धमा दशहजार भन्दा बढी शहीदहरुको जन्म भएको छ ।
मगराँतमा मात्र जनताका दुई हजारभन्दा बढी सर्वोत्तम छोरा-छोरीहरुले शान्ति र परिवर्तनका लागि प्राणोत्सर्ग गरेका छन् । तिनमा म्याग्दी जिल्लाबाट एक बेपत्ता योद्धा दिलबहादुर थापा मगर कमरेड इन्दे्रणी सहित जनमुक्ति सेनाका एक जना कम्पनी कमाण्डर क। गृष्म मोहनलाल रोका मगर दुई जना इलाका समिति सेत्रेुटरीहरु क यायावर नन्द खड्का र क पुकार
नुकप्रसाद रोका मगर एक जना प्लाटुन कमिसार यामनाथ आचार्य क विजय एक जना प्लाटुन कमाण्डर क बदला निरु पाइजा मगर एक जना प्लाटुन सह-कमाण्डर क देवा
विश्वजीत बुढाथोकी मगर लगायत ७१ जनाले शहादत प्राप्त गर्नु भएको छ । कुल ७१ जनामा सबभन्दा बढी मगर २९ जना दलित २८ जना बाहुन ६ जना क्षेत्री ५ जना छन्त्याल २ जना र गिरी १ जनाको तथ्याङ्क छ जसमा पुरुष ६३ जना र महिला ८ जना छन् । यीमध्ये सबभन्दा बढी सङ्गठित सदस्यहरु मात्रै ४१ पूर्णकालीन र अंशकालीन १० गरी ५१ जना
छन् । सर्वसाधारण जनता २० जना र जनमुक्तिसेनाका २६ जना योद्धाहरु रहेका छन् । यो तथ्याङ्कले वस्तुगत र सचेतन पक्षको भूमिकालाई पुष्टि गर्दछ । जहाँ सबभन्दा बढी उत्पीडितहरु छन् तिनैको सहादत हुनु र अन्य जातिले पनि उल्लेख्य शहादत दिनु सबभन्दा बढी सङ्गठित
सदस्यले र जन-स्तरबाट पनि उल्लेख्नीय शहादतले क्रान्तिकारी भूमिकालाई निरन्तरता िदंदै आफ्नो भूमिकालाई अझ माथि उठाएको ठहर्छ ।
यसबीचमा जनयुद्धमा शहादत प्राप्त गर्नु हुने म्याग्दी जिल्लाका अमर शहीदहरुको सम्झना र सम्मानमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी म्याग्दी जिल्लाले शहीद स्मारिका निकाल्न लागेको छ । यो भनेको जनयुद्धका उपलब्धिहरुको पुँजीकृत गर्नु हो । जिल्ला पार्टीको यो प्रयासलाई एकीकृत नेपाल कम्युनिष्ट पार्टी
माओवादी मगराँत राज्य समितिका तर्फबाट सराहना गर्दै जिल्ला समितिलाई धन्यवाद दिन चाहन्छु । साथै महान् जनयुद्धमा सहभागी बनेर म्याग्दी जिल्लालाई क्रान्तिकारी जिल्लामा उभ्याएर समग्र म्याग्दीबासी जनताको शीर ठाडो पार्दै धौलागिरि हिमालको काखबाट क्रान्तिको हुङ्कार छेड्ने क गृष्म क विजय क यायावर क पुकारलगायतका सम्पूर्ण म्याग्देली शहीदहरुलाई हाम्रो लाल-सलाम । यसैगरी जनयुद्धका महान् शहीदहरुलाई उच्चो सम्मान गर्दै आफ्नो अमूल्य सम्पतिको रुपमा पुँजीकृत गर्ने म्याग्दी जिल्ला पार्टी र म्याग्देली जनतालाई हाम्रो लालसलाम । धन्यवाद ।
मितिः २०६७÷०२÷२३ गते
सन्तोष बुढा मगर बिषम
केन्द्रीय सदस्य एवं सह-इाचार्ज
मगराँत राज्य समिित
एकीकृत नेकपा माओवादी
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment