शुभकामना मन्तव्य
एकीकृत नेकपा माओवादी म्याग्दी जिल्ला पार्टीले शहीद स्मारिका निकाल्न लागेको थाहा पाउँदा एकदमै खुशी लागेको छ । मानवजीवनको उत्कृष्ट लक्ष्य प्राप्ति र राष्ट्रिय मुक्ति एवं सर्वहारा क्रान्तिको निश्चित उद्देश्यको लागि आफ्नो अमूल्य जीवन बलिवेदीमा होम्ने विश्वका जुनसुकै ठाउँका मानिसहरुको शहादत हुँदा हाम्रो टाउँको श्रद्धाले झुक्दछ । सैद्धान्तिक र राजनैतिकरुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाँका भएपनि शहीदको मूल्य एउटै
हो । तर पनि मानिस यान्त्रिक र रोवर्ट होइन ऊभित्र माया प्रेम घृणा आक्रोश आवेग विवेक उत्तेजना र शान्तिका विभिन्न तरङ्गहरु समुद्रको छाल झैं छचल्किरहेका हुन्छन् । ती विविधरुपमा ब्यक्त हुन्छन् । वर्ग घृणाको कारण मानिस वर्गसङ्घर्षमा उत्रिन्छन् र त्यहाँ मृत्यु अवश्यमभावी हुन्छ । द्वन्दवादी नियमअनुसार जे कुराको जन्म हुन्छ त्यो कुराको मृत्यु पनि हुन्छ । फरक यत्ति मात्र हो कसैको मृत्यु कुखुराको प्वाँख जस्तै हलुका हुन्छ भने कसैको मृत्यु सगरमाथा भन्दा गहँुगो हुन्छ । शहीदहरुको मृत्यु त्यस्तै गहँुगो मृत्यु हो । यद्यपि भनिन्छ -शहीदहरुको मृत्यु हुँदैन मरेका मानिसहरुको गणना हुँदैन म्याग्दी जिल्लाका कति मानिस जन्मे र कति मरे काँही रेर्कड
छैन । जसरी म्याग्दीमा बाँचिरहेकाहरु झण्डै १ लाख १५ हजारको हरेक १०-१० वर्षमा जनगणना
हुन्छ त्यसरी नै शहीद स्मारिकामा गनेर यतिजना जनयुद्ध एवं जनआन्दोलनका शहीद भनेर सूचीकृत गरिएको छ । म्याग्दी जिल्लामा जन्मेर देश जनता क्रान्ति र पार्टीको लागि देशैभरि पुगेर आफ्नो रगत बगाउने म्याग्दीका वीर-वीरङ्गनाहरुको म्याग्दीवासी र सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउनका साथै भावी पुस्ताको लागि शहादत र वलिदानप्रति गर्व गर्न सिकाउने अमूल्य कृति वनोस् शहीद स्मारिका । शहीदको नाममा एकीकृत नेकपा माओवादी म्याग्दीले शहीद बाटिका कलात्मक एवं शहीदका तस्वीरअङ्कित ढोका शहीद स्तम्भ जस्ता अमिट छाप छोड्ने यस्तै रचनात्मक कि्रयाकलाप गर्दै जाओस् । शहीद स्मारिकामा दुई-चार शब्द लेखेर महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धााजली ब्यक्त गर्न अवसर दिनु भएकोमा म म्याग्दी जिल्ला पार्टीप्रति आभार ब्यक्त गर्दछु । २०५६ साल भदौ ४ गते देखि ०६१ असारसम्म र ०५९ भदौ देखि २०५९ माघ १० गतेसम्म ६ महिना १० दिन अर्घाखाँचीको इाचार्ज भएवाहेक जनयुद्धका भीषण
दिनहरुमा वागलुङ म्याग्दी मुस्ताङ र पर्वतको १८ गा।वि।स। को सेक्रेटरी एवं इाचार्ज भएर काम गरेको थिएँ । ०६० चैत्र ८ गतेको वेनी सदरमुकाम कब्जा गर्दा देशैभरिका एक सयभन्दा बढी महान् शहीदहरुको रगतले काली गण्डकी र म्याग्दी खोलाको संगम म्याग्दीको सदरमुकाम वेनी शहीदहरुको रगतले लछप्पै भिजेको थियो । म्याग्दीका शहीदहरु कतिपयसँग यति भावनात्मक सम्बन्ध गाँसिएको थियो कि सँगै हिड्ने सँगै खाने एउटै सेल्टरमा बास बस्ने ती प्यारा-प्यारा अनुहारहरु अहिले पनि मेरो मानसपटलमा ताजै भएर बसिरहेका छन् । म्याग्दी सानो रमणीय तर टाढाबाट हेर्दा पहिरै पहिरोले ढाकेको कठिन भूगोल भएको धौलागिरि हिमालको काखमा रहेको जिल्ला हो । कठिन शारीरिक श्रम गर्ने जनसमुदायको बसोवास भएको जिल्ला भएकोले म्याग्दीका जनसमुदायले सर्वहारा श्रमजीवीलाई असाध्यै मन पराउँछन् । शहीदको रगतको प्रतिफल नै ०६४ चैत्रमा सम्पन्न संविधानसभाको निर्वाचनमा जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बनाउन माओवादी पार्टीका उम्मेदवारलाई अत्यधिक मतले विजय गराएका छन् म्याग्दीका जनताले । नकारात्मक हिसाबले लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाले विदेशका लागि मर्न थुप्रै सन्तान जन्माएको थियो । महान् जनयुद्धको दौरानमा उपयुक्त अवसर पाउँदा म्याग्देली आमाका सन्तान आफ्नो देशको लागि मुक्ति प्रगति न्याय र स्वतन्त्रताको लागि तथा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको लागि सामाज्यवादी-विस्तारवादी एवं सामन्त नोकरशाह र दलाल पुँजीपति जस्ता
वर्गवैरीका विरुद्ध हाँसी-हाँसी मृत्युवरण गर्न तयार छन् भन्ने कुरा प्रमाणित गरेर देखाई दिएका छन् । शहीद स्मारिकामा सूचीकृत म्याग्दी एवं देशैभरिका भूगोलमा गएर शहादत प्राप्त गर्ने ज्ञात-अज्ञात सम्पूर्ण म्याग्देली शहीदहरुप्रति पुनः हार्दिक श्रद्धााजली अर्पण गर्दै स्मारिका बाँचेकाहरु र भावी पुस्ताको लागि प्रेरणाको श्रोत बन्ने छ एवं एउटा सङ्ग्रहणीय पुस्तक बन्ने छ भन्ने विश्वास लिएको छु । अन्तमा शहीद स्मारिका शीघ्र प्रकाशन होस् र म्याग्दीवासीको हात-हातमा र देशविदेश जहाँकहीँ पुगोस् भन्ने शुभकामना ब्यक्त गर्दछु ।
चन्द्रहरि सुवेदी अटल
एकीकृत ने क पा माओवादी केन्द्रीय सदस्य
एवं भोजपुरा राज्य समिति सह-इाचार्ज
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment