Tuesday, December 7, 2010

मन्तव्य
वीर तथा वीराङ्गना महान् शहीदपरिवारजनहरु
लाल सलाम !
तपाइर्ंका वीर छोराछोरी म्याग्दी जिल्लामा जन्मे हुर्के र महान् साम्यवादको सुन्दर सपना देखेर नयाँ जनवादको कठिन पहरामा डोब खन्दै अघि बढे । साम्यवादको बाटो छेक्ने दुश्मनका विरुद्ध वीरतापूर्वक लड्दै जाँदा त्यस जिल्लाबाट एक बेपत्ता योद्धा सहित ७१ जना
जनताका सर्वोत्तम छोराछोरीहरुले आहुति दिए । उनीहरु म्याग्दीमा जन्मेर म्याग्दीको मुक्तिका लागि मात्र शहीद भएनन् । उनीहरु िसंगो देशको मुक्तिका लागि शहीद भए । त्यति मात्र होइन उनीहरु
अन्तर्राष्ट्रिय सर्वहारावर्गको एउटा टुकडी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी को
सदस्य र समर्थक भएर क्रान्तिको वेदीमा होम्मिए । त्यसैले उनीहरु अन्तर्राष्ट्रिय सर्वहारावर्गका सम्पत्ति हुन् । उनीहरुले कुनै जाति विशेष र क्षेत्र विशेषका लागि मात्र वीरगति हासिल गरेका थिएनन् उनीहरुले त िसंगो उत्पीडित मानवजातिका लागि आफूलाई समर्पण गरेका
थिए । त्यसकारण हामीले उनीहरुका अधुरा सपना पूरा गर्न र कठिन बाटो िहंड्न काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता गर्नु नै कर्तव्यपरायणता हो ।
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी म्याग्दी जिल्लाले त्यस जिल्लाबाट देश जनता र अन्तर्राष्ट्रिय सर्वहारावर्गको मुक्तिका लागि शहादत प्राप्त वीर-विरा·नाहरुको
स्मारिका प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेकोमा असाध्यै खुशी लागेको छ । यो प्रकाशनले दलाल नोकरशाह र सामन्त वर्गको जरो उत्तानो पारी सर्वहारा वर्गको मुक्तिका लागि श्रमजीवी तथा सर्वहारावर्गलाई सशक्त उर्जा प्रदान गरेास् भन्ने शुभकामना टव्रुाउँछु । यसको साथै प्रकाशकलाई हार्दिक धन्यवाद !
हेमन्तप्रकाश वली सुदर्शन
पी बी एम तथा इाचार्ज
मगराँत राज्य समिित
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी

No comments:

Post a Comment