Tuesday, December 7, 2010

मन्तव्य
नेपाली जनयुद्धमा कि मुक्ति कि मृत्यु निकै चर्चित रह्यो । यी शब्दहरु त्यत्तिकै चर्चित मात्रै भएनन् कि सहज प्रयोगका विषय पनि बन्दै गए । सायद यी दुई शब्दहरुको गरिमा र गौरवलाई नेपाली जनताले सहज आत्मसातीकरण नगरेका हुन्थे भने नेपाली क्रान्तिले त्यति छोटै समयमा तीव्रतम विकासको गति पनि लिने थिएन । क्रान्तिमा लागेका हरेक व्यक्तिले यसलाई निकै सहजतामा ग्रहण गरेका थिए । क्रान्ति र मुक्तिको निम्ति लागेको हरेक ठाउँले क्षेत्रले र व्यक्तिले बलिदानको कोटा चुक्ता गर्नुपर्दछ भन्ने मूल्य नेपाली जनयुद्धले राम्रो संग स्थापित गरेको थियो । यो नै नेपाली क्रान्तिको निकै ठूलो तागत थियो । यही तागतले नै क्रान्तिमा दुश्मनहरु त्यतिकै आतङ्कित हुन्थे । नेपाली जनताको विजयको मु्ख्य आधार पनि यही थियो । त्यसैले हामीले बलिदानको गौरवलाई युग-युगसम्म उच्च सम्मान गरिरहन्छौं । बलिदानी मान्छेहरुलाई सम्झेर हामीले श्रद्धाले शिर झुकाइरहन्छौं । जस्तो सुकै सङ्कट र अप्ठेरो घडीमा पिन
बलिदानको बाटोमा िहंडिरहन हामी सधैं प्रतिबद्ध भैरहन्छौं ।
म्याग्दी जिल्ला पार्टीले सायद यही प्रतिबद्धतालाई अगाडि बढाउन यो शहीद
स्मारिका प्रकाशन गर्न लागेको हो भन्ने मलाई लागेको छ । यो स्मारिकाका सबै बलिदानी अनुहारलाई हेर्दा युद्धका ती महान् व्यक्तिहरुको योगदानले निकै पीछा गर्दछ । सँगै िहंडेका सँगै लडेका ती दिनहरुको गौरवले निकै उत्साहित बनाउँदछ । युद्धको प्रारम्भिक चरणमा खेपेका ती दुःखद् दिनहरुले स्पात बनाउँछ । सबै साथीहरु हामीबीचमै रहेको अनुभूति गराउँछ ।
युद्धको केन्द्रभूमि रोल्पा रुकुमसँगै जोडिएर पनि युद्धको विकासमा पछि मात्र जोडिएको म्याग्दीले अहिले सम्म ७१ जना महान् व्यक्तिहरुलाई जन्माएको रहेछ । युद्धको विकासको हिसाबले पनि म्याग्दीले एउटा गौरवको स्थान ओगटेको छ । म्याग्दीको सदरमुकाम बेनीमा भएको साहसिक आक्रमणमा म्याग्दीले खेलेको भूमिका महान् छ । हामीलाई थाहा छ म्याग्दी अहिले पनि लाल क्षेत्रको रुपमा स्थापित छ । यी सबै हुनुका पछाडि तिनै महान् शहीदहरुको रक्तिसंचनमहान् वेपत्ता योद्धाहरुको वीरता घाईते योद्धाहरुको त्याग म्याग्दीका सकि्रय कार्यकर्ताहरुको योगदानहरुको योगफलले भूमिका खेलेको छ । म्याग्दी जिल्ला पार्टीले ती महान् शहीदहरुको स्मरणमा शहीद स्मारिका प्रकाशन गरेर शहीदहरुको उच्च सम्मान गरेको छ ।
हितमान शाक्य सुमन
पी बी एम तथा इाचार्ज
नेवा राज्य समिित
एकीकृत नेकपा माओवादी

No comments:

Post a Comment