Tuesday, December 7, 2010

मन्तव्य
शहीद स्मारिका  एक सराहनीय कार्य
एकीकृत नेकपा माओवादी जिल्ला सङ्गठन समिति म्याग्दीले शहीद स्मारिका प्रकाशन गर्न लागेकोमा मलाई गौरव लागेको छ । यस सराहानीय कार्यमा संलग्न टीमका सम्पूर्ण कमरेडरुलाई हार्दिक बधाई दिन चाहान्छु । मानव जातिको मुक्तिको महान् अभियानमा जीवन अर्पण गर्नुहुने सम्पुर्ण शहीदहरुप्रति ससम्मान हार्दिकतापूर्वक श्र¢ााजली अर्पण गर्न चाहन्छु ।
स्वतन्त्रता समानता र मुक्तिका लागि आफूलाई अदम्य साहस र पूर्ण तत्परताका साथ जनयुद्ध र क्रान्तिको काममा समर्पित रहँदा-रहँदै शहादत प्राप्त गर्ने नेपाली जनताका सर्वोत्तम छोराछोरीहरु सबै न्याय र स्वतन्त्रताप्रेमी जाति क्षेत्र लिङ्ग उत्पीडित वर्गका जनसमुदायका प्रेणाका श्रोत हुन् ।
जनयुद्धले देश र जनतामा ठूलो उथल-पुथल र उलट-पुलट बनायो ।
हजारौं उपेक्षित वस्तीहरु क्रान्तिकारी आधार इलाकामा बदलिए । त्यसमध्येको एउटा जिल्ला म्याग्दी पनि हो । धौलागिरि हिमालको काखमा अवस्थित म्याग्दी र कालीगण्डकीको बहाव र संगमले जिल्लालाई अझै सुन्दर र मनोरम बनाएको मात्र छैन देशकै एउटा महइभ्वपूर्ण पर्यटकीय स्थल समेत बनेको छ । दर्जनाँै क्रान्तिकारी सपुतहरुले बलिदानी गरेर जिल्लालाई थप जिम्मेवारीबोधका साथ अग्रणी स्थानमा उभ्याएको छ । म्याग्दी जिल्लावासी जनसमुदायले पार्टी नेतृत्वलाई अरु गम्भीर र संवेदनशील मात्र होइन क्रान्तिप्रति अझै उर्जाशील पनि बनाएको छ ।
महान् शहीदहरुका योगदानले उहाँहरुका सपना साकार पार्न पार्टी सङ्गठन त्यसका सबै अङ्गहरुलाई अझै जिम्मेवारीबोधका साथ कि्रयाशील रहन क्रान्तिकारी विचार आर्दश मूल्य र मान्यतालाई दह्रोसँग पकड्न पे्ररीत गरेको छ । त्यसलाई स्थानीय र समग्र पार्टी नेतृत्व एवं कार्यकर्ता पङ्क्तिले ठीक ढङ्गले पकड्न सक्ने होइन भने पार्टी क्रान्ति र महान् शहीदहरुप्रति ठूलो गद्दारी हुनेछ । कहीं कतै विचलित नभै निरन्तर क्रान्तिपथमा लागिरहने प्रतिबद्धतानै शहीदहरु प्रतिको सच्चा सम्मान हुनेछ । सधंै पार्टी र क्रान्तिप्रति उत्साहित गराइरहने अमर शहीदहरुको गाथा प्रकाशित गर्ने सराहनीय कार्यको लागि पुनः हार्दिक धन्यवाद दिन चाहन्छु ।
मितिः २०६७ श्रावण १८ गते
हरिभक्त कँडेल प्रतीक
पी बी एम तथा इाचार्ज
थारुवान राज्य समिित
एकीकृत नेकपा माओवादी

No comments:

Post a Comment