मन्तव्य
म्याग्दीका शहीदहरुसँग साक्षात्कार गर्दा
हाम्रा महान् शहीदहरुको रगतले रि·एको हसिया-हथौडा अङ्कित झण्डामुनि बसेर काम गर्ने तत्कालीन ने क पा माओवादी का हामी क्रान्तिकारी सिपाहीहरुमध्ये केही कमरेडहरु जनयुद्धका दौरानमा शहीद हुनु भयो र देशको इतिहाससँगै आफ्नै इतिहास पनि रगतले कोर्नुभयो र केही कमरेडहरु भने शान्तिप्रकि्रया हुँदै संविधानसभामा आएर ँजनताको संविधान तिनै महान् शहीदहरुको रगतले लेख्नु पर्छ’ भन्दै संविधान लेखनमा जुट्यौं । यससन्दर्भमा म्याग्दीका सभासद् क गमबहादुर श्रीस मगर विजेता र म एउटै समितिमा रहेर काम गर्ने सुअवसर मिल्यो र त्यसैबीचको हाम्रो
परिचय सहकार्य र सद्भावको फलस्वरुप मैले प्रस्तुत पुस्तिकाको अन्तिम सम्पादन गर्ने मौका पाएँ । पुस्तिकाको सम्पादन गर्दै जाँदा हाम्रा श्रद्धेय शहीदहरुसँग साक्षात्कार गरेझैं भयो । उहाँहरुका विचार भावना र बलिदान-योगदानले गर्दा म उद्वेलित हुँदै गएँ र भावनाको सागरमा छचल्किदै गएँ ।
शहीदहरु संसारमा सबभन्दा निःस्वार्थी निष्कलङ्क निर्मल निर्विवादित र निरुपम व्यक्तित्व नेतृत्व र कतृ्रत्व हुन् । शहीदहरु अजर र अमर छन् अक्षय र असल हुन् अखिल र अगुवा हुन् अऋणी र अनुकरणीय छन् र अमूल्य र अतुल्य पनि छन् । शहीदहरु महामानव हुन् भव्य र दिव्य छन् । त्यसैले शहीदहरुलाई सम्झेर सबै कार्यक्रमको शुरुवातमा श्रद्धााजली स्वरुप १ मिनेट मौनधारण गरिन्छ र शहीदको सपना साकार पार्ने एवम् शहीदले देखाएको बाटोमा अघि बढ्ने प्रण-प्रतिज्ञा पनि गरिन्छ । शहीदहरुका विचार भावना जीवनी कार्य योगदान र बलिदानहरुलाई समेटेर पुस्तक-पुस्तिकाहरु छपाउने शहीदकै स्मृति र सम्मानस्वरुप शहीदहरुकै नामबाट कुनै सङ्घ-संस्था वा सार्वजनिक स्थलको निर्माण वा नामाकरण गर्ने गरेर शहीदका विचार र भावना लक्ष्य र उद्देश्य समर्पण र साहस त्याग र तपस्या तथा वीरता र बलिदानलाई सम्मान र अनुशरण गर्ने गरिन्छ ।
शहीदहरुको त्यो बलिदानीको हामीले के कति मूल्याङ्कन गरेका छौं शहीद बेपत्ता र घाइते-अपा·जस्ता महान् योद्धाहरुको के कति सम्झना र सम्मान गरेका छौं यस्ता महामानवहरु जन्माउने आमा-बुबालगायतका परिवारजनहरुका दुःखसुखमा हामी के कति सहभागी हुने गरेका छौं लाग्छ हाम्रो चाहना र भावना धेरै गर्ने हुँदाहुँदै पनि सकिरहेका छैनौं । यसमा हामी दुःखी छौं क्षमाप्रार्थी छौं र कसको के कहाँ कति किन र कसरी कमजोरी भयो भन्ने समीक्षा गर्दैछौं ।
नेपाली जनयुद्धमा बालक दिलबहादुर रम्तेलदेखि ८१ वर्षे वृद्ध वरदान रोकासम्म थुप्रै निरक्षर पार्टी सदस्यदेखि पीबीएम सुरेश वाग्लेलगायतका थुप्रै सीसीएम शिक्षित-विद्वानसम्म साधारण जनतादेखि डिभिजन कमाण्डर क।सुनिल किमबहादुर थापा सम्म सर्वसाधारण
नागरिकदेखि कृष्णसेन इच्छुकलगायतका प्रतिभाहरुसम्म हिमालदेखि तराई र मेचीदेिख
महाकालीसम्मका विभिन्न जाति धर्म क्षेत्र लिङ्ग र वर्गका होनहार युवा-युवतीहरुको शहादत भएको छ । जनयुद्धका यिनै दशौं हजार महान् र अमर शहीदहरुको पङ्क्तिमा म्याग्दीका शहीदहरु पनि जिउँदो-जाग्दो रुपमा खडा हुनु भएको छ । उहाँहरुलगायत देश-विदेशका जनयुद्धका
दौरानका जनयुद्धपूर्वका शान्तिप्रकि्रयाका र संविधानसभाको निर्वाचनका क्रमका सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति म हार्दिक सम्झना सम्मान र सलाम गर्न चाहन्छु ।
क्रान्ति र मुक्तिको निम्ति जनता र देशको निम्ति सर्वहारावर्ग र यसको महान् विचार आदर्श र मूल्य-मान्यताको निम्ति आफ्नो सबभन्दा प्यारो जीवनलाई नै उत्सर्ग गर्न तयार हुने दुश्मनका फलामे किल्लाहरु आफ्ना कोमल मन र तनले तोड्न साहस गर्ने एवम् समकालीन र भावी िपंढीलाई यसै दिशातिर उत्प्रेरित गर्ने यस्ता महान् शहीदहरुको वीरता बलिदान र विचारको जति प्रशंसा गरे पनि कमै हुन्छ । तर दुःखको कुरा अहिले मानिसहरुलाई लागिरहेको छ- ँमाओवादीहरुले पनि क्रान्ति मुक्ति देश जनता वर्ग विचार नीति नैतिकता आदर्श मूल्य-मान्यता बिसर्िन थाले । शहीदको सपना धुमिल हुन थाल्यो बलिदान निरर्थक हुन थाल्यो र शहीदले देखाएको बाटो स्वयम् माओवादीले नै भुल्न थाल्यो ।’ यस्तै भनाइहरु जनता कार्यकर्ता तथा शहीद बेपत्ता र घाइते-अपाङ्गका परिवारहरुका तर्फबाट पनि व्यक्ताव्यक्त रुपमा आइरहेका छन् । हामी यसप्रति गम्भीर संवेदनशील र जिम्मेवार पनि छौं । विश्वस्त होआंै । शहीदको रगत खेर जाने छैन बलिदान निरर्थक हुने छैन सपना धुमिल भए पनि विलीन हुने छैन बाटो केहीबेर दायाँ-बायाँ भए पनि शहीदले देखाएको मूल बाटो र गतव्य भुलिने छैन र बिसर्िइने छैन । जनयुद्धले स्थापित गरेको त्याग तपस्या वीरता र बलिदानका उच्च कीर्तिमान क्रान्तिकारी नीति-नैतिकता तथा आदर्श र व्यवहारहरु अवलम्बन गर्न । कथं हामीले वा हामीमध्ये केहीले यस्तो अपराध गरेछौं भने हामीलाई शहीद बेपत्ता घाइते आदि योद्धा र उहाँहरुका परिवारजनलगायतका सम्पूर्ण क्रान्तिकारीहरुले सजाय दिनुपर्दछ । र त्यो सजायको मुख्य पाटो जनयुद्ध र यसका शहीदहरु हिडेको बाटो रोजेको गन्तव्य बोकेको लक्ष्य र देखेको सपनालाई पूर्ण र साकार पार्नु हो । यही नै अन्ततः शहीदहरुप्रतिको सच्चा सम्मान श्रद्धााजली र सलामी हुनेछ । यसै दिशातिर उन्मुख हुन सम्बन्धित सबै क्रान्तिकारीहरुलाई यस अवसरमा अनुरोध गर्न चाहन्छु । साथै यसैदिशाको एउटा पाइलो स्वरुप प्रस्तुत पुस्तिका प्रकाशन गर्ने जमर्काे गर्नु भएका र शहीदहरुप्रतिका दुई शब्द लेख्ने अवसर दिनु भएका म्याग्दी जिल्लाका कमरेडहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
नारायण शर्मा कमलप्रसाद
पी बी एम तथा इाचार्ज
केन्द्रीय सम्पादन बोर्ड
केन्द्रीय प्रचार विभाग
एकीकृत ने क पा माओवादी
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment