Saturday, April 17, 2010

Committee For Determinig The Form Of The Legislative Body


सम्मानीय अध्यक्ष ज्यु माननीय सदस्यहरु
सर्वप्रथम त म हाम्रो यो व्यवस्थापीकीय अँगको स्वरुप निर्धारण समितिको सदस्य भएको हैसियतले आधारभुत कुरामा नै फरक र भिन्नता फन्डामेन्टल कुरामा नै भिन्नता जो देखा परेको छ । यसले माननीय सदस्यहरुलाई कसलाई एकदमै चिन्ता लागेको कुरा आयो । कतिपय लाई निरँकुश भएको कुरा आयो फरक मत आउँदाखेरी कतिपयलाई आयातित भन्ने कुराहरु आए । कतिपयलाई नामको कुरा त केही फरक पर्दैन भन्ने तर्कहरु पनि आए । जेहोस् सँसदवादी मीत्रहरु जसले सँसदीय मुलधारमा माओवादी आयो । यही हो सँसद मान्छ भनेर जसले भन्ने गर्नुहुन्थयो । हामी होईन होईन भन्दा भन्दै पनि हो हो भन्दै हुनुहुन्थयो तर विधीगत रुपमा हामीले यो कुरा ल्याइसकेपछि सँसदीय व्यवस्थाको प्रवक्ता सँसदीय व्यवस्थाको विज्ञ भएर आउनुभएका त्यस्ता विशेषज्ञ यसमा प्रतिनिधित्व गर्नेहरुलाई चिन्ता लागेकोमा मलाई अत्यन्तै खुसि र गर्व लागेको छ र कतिपय कम्युनिष्ट मित्रहरुले पनि यसलाई आयातित कुराहरु अन्य कुराहरु पनि भन्नु भएको छ तर मलाई यस्तो लागेको छ की हामीले लिएको विधिले हामीले लिएको निर्वाचन प्रणालीले ती कम्युनिष्ट मित्रहरु जो अब आउने यसलाई सुनिश्चित गरीसकेपछि अब आउने यो सदनमा उहाँहरु हुनुहुने छैन । त्यसैले उहाँहरुले आयातीत भनेर आरोप लगाउनु स्वभाविक कुरा हो भन्ने लाग्छ । त्यस्तै प्रकारले म अब यसको विषय प्रवेश म गर्न चाहन्छु । किनकी हाम्रो कुराहरु अवधारणा पत्रमा पनि र मस्यौदामा पनि प्रारम्भिक मस्यौदामा पनि सुस्पष्ट रुपमा आइसकेको छ र मात्र त्यहाँ एक दुई विषयहरुमा यहाँ कुराकानी आएका छन् । जस्तैः प्रत्यक्ष जनताबाट प्रत्यक्ष निर्वाचन द्वारा राष्ट्रपति अथवा राष्ट्रप्रमुख चयन गर्ने जो कुराहरु छन् । हाम्रो घोषणापत्रमा जे थियो अहिले त्यही छ । बिचमा यहाँ अलि कुतर्क गर्न खोजेको पनि देखियो । त्यो कुनै आधार तर्कको निम्ति तर्क बहशको निम्ति बहश कुराको निम्ति कुरा मात्र गरेको हो । त्यसैले हाम्रो घोषणा पत्र जे लिएर जनता बिचमा हामी गएका थियौ । अहिले पनि राष्ट्रप्रमुख राष्ट्रपति सरकार प्रमुख जनताबाटै निर्वाचीत हुनुपर्छ । जनताको प्रत्यक्ष मत बाट निर्वाचीत हुनुपर्छ । हाम्रो पार्टीको सुस्पष्ट त्यो निर्णय छ । म यसमा फेरी पनि म दोहोरयार र अन्य कुराहरु पनि जस्तै एकसदनात्मक कुराहरु पुर्ण समानुपातिक जसलाई बहुसदस्सीय निर्वाचन प्रणाली द्वारा सुनिश्चित गर्न हामीले खोजेका छौ । यो कुरामा तपाई समितिको रेकर्ड मा गएर हेनुहोस् । व्यवस्थापिकिय अँगको स्वरुप निर्धारण समितिमा मैले शुरु देखि नै त्यो कुरा रेकर्ड गरेर राखेको छु निरन्तर रुपमा । तपाईहरु रेकर्ड हेर्न सक्नुहुन्छ ।

सम्माननिय अध्यक्ष महोदय
निश्चितै रुपमा राष्ट्र प्रमुख सहितको व्यवस्थापीका हुने अर्थात् राष्ट्रप्रमुख रहितको व्यवस्थापिका हुने हामीले राष्ट्रप्रखुख सहितको व्यवस्थापिका हुने हामीले भन्यौ यहाँ सँसदवादी मित्रहरुले मुख्यत यसमा कार्यकारी राष्ट्रप्रमुख हुने अथवा सेरमोलियल हुने सरकार प्रमुख हुने अथवा सरकार प्रमुख नहुने राष्ट्रप्रमुख मात्र हुने भन्ने विषयमा यहाँहरुले कार्यकारी भयो भने त्यो राष्ट्रप्रमुख भयो भने यहाँ नराख्ने कुराहरु पनि लिनु भएको छ तर हामीले स्पष्ट रुपमा छुट्टै त्यसको ठिक विपरित हामी छुट्टै हौ । हामी कम्युनिष्ट हौ भन्ने कुरालाई किलिएर रुपमा हामीले राख्यौ र हामीले एक सदनात्मक व्यवस्था हुनुपर्छ र त्यसमा राष्ट्रप्रमुख सहितको व्यवस्थापिका हुनुपर्छ र त्यस त्यो राष्ट्रप्रमुख पनि हुनुपर्छ र जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने कुरालाई नै हामीले किलिएर रुपमा एकसदनात्मक हुनुपर्छ र राष्ट्रप्रमुख सहित हुनुपर्छ भनी क्ररा हामीले यहाँ लेखेका छौ । जो यहाँहरुको विपरित छ । सँसदवादी मित्रहरुको विपरित छ र हामीले एकसदनात्मक रुपमा जो विभेदको रुपमा जो कुराहरु यहाँ दुई सदन बनाउने र त्यहाँ जो विभेद खडा गर्ने जो कुराहरु त्यहाँ आएको छ । हामीले त्यसलाई त्यसलाई त्यस्तो विभेद गर्नु हुदैन । एउटा राष्ट्रिय सभा हुने अर्को अराष्ट्रिय सभा हुने त्यस्तो पनि हुन सक्छ एउटा प्रतिनिधि सभा हुने अर्को अप्रतिनिधि सभा हुने भन्ने पनि हुन सक्छ एउटै मान्छेले भोट हालेर जनताले भोट हालेर पठाईसकेपछि त आखिर भोट हाल्ने मान्छे अर्को त होईन होला अथवा पार्टी अर्को त होइन होला फेरी त्यो भईसकेपछि आखिर त्यो मान्छे त्यो भुगोल भन्दा बाहिर बाट आउने त होईनहोलानी प्रदेशको प्रतिनिधित्व गर्नेले प्रदेश भन्दा बाहिरबाट आउने हो प्रतिनिधि जनप्रतिनिधि त्यो त होइन आखिर त्यही मान्छेले भुगोलको प्रतिनिधित्वनी गर्न सक्छ । त्यही मान्छेले जनताको पनि प्रतिनिधित्व दुबै भुगोल र जनता दुबैको प्रतिनिधित्व गर्छ । त्यसैले त । त्यसैले कुतर्क नगरौ । एकसदनात्मक व्यवस्था जहाँ त्यसलाई सुनिश्चित गर्नुपर्छ । नेशनको आधारमा सबै नेशन जो जातीहरु जे छन् त्यो जातीहरु त्यहाँ आउनुपर्छ । त्यसको प्रतिनिधित्व हुनुपर्छ । एक नेशन एक जाती एक प्रतिनिधित्व हुनुपर्छ र हाम्रो यो जनसँख्याको आधारमा हाम्रो यो जो विशेषता छ । यो विशेषतालाई पनि ख्याल गरेर जनसँख्याको विशेषतालाई पनि ख्याल गरेर हामीले त्यसमा हण्ड्रेडलाई फेरी समानुपातिक त्यलाई मानेर फेरी ल्याउनुपर्छ । त्यसैले २४५ नै उपयुक्त छ । यसको सँख्या यसरी हामीले किलिएर रुपमा हामीले लिएका छौ ।
सम्माननिय अध्यक्ष महोदय
र यसमा हामीले बहुसदस्सीय निर्वाचन प्रणाली बहूसदस्सीय समानुपातिक समावेशी प्रत्यक्ष निर्वाचन प्रणाली पनि भने पनि हुन्छ । यसलाई नेशनको आधारमा हुन त यहाँ अघि खस क्षेत्रीको कुराकानीहरु पनि आयो । हाम्रो समितिमा पनि खस साथीहरुले उठाउनु भएको थियो । खस क्षेत्री साथीहरुले थ्रेटिङ पनि दिनु भएको थियो । खुँडा उचाल्न नपरोस् खसहरुले भन्ने कुराहरु पनि तर त्यस्तो थ्रेटिङ दिने कुरा त्यस्तो जातीवादी साम्प्रदायिक कुराकानीहरु हामीले नगरौ हाम्रो विशेषतानुसार हाम्रो कस्तो छ नेपाल त्यो अनुसार हामी अगाडी बढ्ने प्रयत्न गरौ । त्यसैले तपाईहरु नेशन के हो तपाईहरुको नेशन किलिएर गरेर आउनुहोस् न तपाईहरु बाहुन होकी तपाईहरुको नेशन क्षेत्री होकी खस होकी तपाईहरु दलित होकी तपाई गिरी होकी तपाई ठकुरी होकी तपाईहरुको नेशन के हो तपाईहरु जात वर्ण व्यवस्थाले तपाईहरुलाई धुजाधुजा बनाएको छ । जो हिन्दु वर्णाश्रम व्यवस्था द्वारा । त्यसैले त्यो नेशन त हो त । नेशनको आधारमा प्रतिनिधित्व स्वभाविक हुन्छ । त्यसमा जाती जनसँख्याको आधारमा पनि प्रतिनिधित्व हुन्छ । हामी २४५ सदस्य लिएर आएका छौ । त्यसैले यो कुरामा किलिएर यसरी नी जानुपर्छ भन्ने लाग्छ ।
अध्यक्ष महोदय
र यसमा अन्य कुराहरुको सन्दर्भमा यहाँ धेरै कुरा थियो । बत्ती बलि सक्यो जे भएता पनि मुख्यत हामीले सँघीय जनप्रतिनिधि सभा हुनुपर्छ । हामीले भनेका छौ र उमेरको हकमा पनि हामीले थोरै हुनुपर्छ हामीले भनेका छौ । १६ बर्ष भएपछि मतदान गर्ने अधिकार छन् पाउनुपर्छ । त्यो अन्य व्यवस्थाहरु पनि छन् । किनकी हामीले मुख्यतः राजनैतिक रुपले अहिले सम्म गणीत विज्ञान अन्य भाषा विज्ञान अन्य अन्य विज्ञान हामीले पढाइरहेका छौ । रसायन विज्ञान ज्योतिष शास्त्र हामीले पढाइरहेका छौ तर हाम्रो विद्यार्थीलाई तलैदेखि शिशु क्लास देखि नै हामीले राजनीति शास्त्र पढाएपछि के त्यसले त्यो उ १६ बर्षमा भोट हाल्ने र उम्मेदवार बन्ने हैसियत राख्न सक्दैन स्वतः रुपमा राख्न सक्छ । डिस्टिङसन लिन सक्छ १० कक्षा एउटा ट्यालेन्ट विद्यार्थीले डिस्टिङसन लिन सक्छ तर हामी कसैले गयौ भने अहिले डिस्टिङसन लिन सक्छौ त्यो डिस्टिङसन ल्याउनेले त्यो फस्त डिभिजन ल्याउने आफ्नो विद्यार्थीलाई पढाउन सक्छ । राजनिति शास्त्रमा हामीले अध्ययन पढायौ भनेत उ लाई पढायौ भनेत उ ले राजनिति पनि गर्न सक्छनत । त्यसैले त्यस्तो व्यवस्था पनि छ । त्यसैले क्युवामा १६ बर्षकै उम्मेदवार हुन पाउँछ । के हामीले केरे चिन । उत्तर कोरियामा पनि हामीले देखिरहेका छौ । १८ बर्षको उम्मेदवार हुन पाउँछ । १६ बषको मतदान छ । त्यसैले यी कुराहरु राख्दै समय सिद्धिएकोले धन्यवाद ।

No comments:

Post a Comment