Saturday, January 23, 2010

म्याग्दीजनयुद्धका शहिद राम बहादुर वि क कमरेड प्रशँसा राम्चे५काफलडाँडा


नामः राम बहादुर वि क
टेक नामः कमरेड प्रशँसा
जन्म मितिः २०४०।८।३ गते
ठेगानाः राम्चे ५ काफलडाँडा म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः पमेजित वि क
शहादत मितिः २०५९।१।१ गते
शहादत स्थानः मुकुर्टी दाङ्ग
घटना विवरणः दाङ्ग लमहि प्रहरी चौकी कब्जा गरि सकेपछि गाडिमा फर्किदै गर्दा दाङ्ग मुकुर्टीमा बजारमा हाईटप र बाटो कब्जा गरी बसेको तत्कालिन शाहि सेना सँगको आकस्मिक भिडन्तमा हाईटप कब्जा गर्दा गदै गोली लागी शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ अखिल क्रान्तिकारी हिमााचल माध्यामिक विद्यालय नागि राम्चे इकाई समिति सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालीन कार्यकर्ता । २०५८ पार्टी सदस्य । २०५८ पार्टी इलाका समिति सदस्य । २०५७ नेपाल दलित मुक्ति मोर्चा जिल्ला समिति म्याग्दी को सदस्य ।२०५८ जनमुक्ति सेना नेपाल तत्कालिन ४८ नम्बर प्लाटुन सदस्य ।

Wednesday, January 13, 2010

म्याग्दीका जनयुद्धका शहिद रन बहादुर पुर्जामगर लुलाङ्ग६

नामः रन बहादुर पुर्जामगर
ठेगानाः लुलाङ्ग ६म्याग्दी
बाबाःनर बहादुर पुर्जामगर
शहादत मितिः २०६०।१२।१०गते
शहादत स्थानःअर्थुङ्गे बेनी बजार म्याग्दी
घटना विवरणः रुपन्देही बसाइ सराइ गरेको घर जादै गरेको बेला अर्थुङ्गे बेनी बजार तत्कालीन शाहि सेना ब्यारेक अगाडि बाट अपहरण गरी बेपत्ता पारेको ।पछि जिवित रहेको आशा मारी बाबा द्धारा मृत्यु दर्ता गराएको ।

म्याग्दीका जनयुद्धका शहिद गोरी गर्बुजा मगर ताकम

म्याग्दीका जनयुद्धका शहिद गोरी गर्बुजा मगर ताकम
नामः गोरी गर्बुजा मगर
ठेगानाः ताकम म्याग्दी
शहादत स्थानः ताकम म्याग्दी
शहादत मितिः २०६०चैत्र

म्याग्दीका जनयुद्धका शहिद नर प्रसाद घर्ति मगर मुदी

नामः नर प्रसाद घर्ति मगर
ठेगानाः मुदी म्याग्दी
काकाः पृथमान घर्ति मगर

म्याग्दीजनयुद्धका शहिद दिलबहादुर रोकामगर कमरेड जिवन बराङ्गजा८बुकेनी


नामः दिल बहादुर रोका मगर
टेकनामः कमरेड जीवन
जन्ममितिः२०४३।७।
ठेगानाःबराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियतःसेक्सन कमाण्डर
बाबाः दल बहादुर रोका मगर
आमाः नै कली रोका मगर
शहादत मितिः २०६२ चैत्र २५ गते
शहादत स्थानः बुटवल रुपेन्दही
घटना विवरणः रणनैतिक प्रत्याक्रमणका ढाडमा टेकी टाउकोमा हान्ने योजना अन्तर्गत बुटवल तत्कालीन शाही सेनाको बेस क्याम्पमा आक्रमण गर्दा ।
राजनैतिक पृष्ठभूमिः २०६० जेठ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालीन कार्यकर्ता । २०६० जनमुक्ति सेना नेपाल सदस्य । २०६२ मा पाचौ डिभिजन अन्तर्गत सेक्सन कमाण्डर ।

Tuesday, January 12, 2010

म्याग्दीका जनयुद्धका शहिद टिका सेन्चुरी कमरेड क्रान्ति वेग४


नामः टीका सेन्चुरी
टेकनामः क्रान्ति
जन्ममितिः२०४४।६।
ठेगानाः वेग ४ म्याग्दी
हैसियतःपार्टी इलाका समिति सदस्य । अखिल क्रान्तिकारी जिल्ला सदस्य
बाबाः पहल बहादुर सेन्चुरी
आमाः पेरु कुमारी सेन्चुरी
शहादत मितिः २०६२।७।२०गते
शहादत स्थानः पाखापानी कमनाथ म्याग्दी
घटना विवरणः पार्टी कामको शिलशिलामा राति कमरेडहरुको सम्पर्क प्वाइन्टमा जाँदा तत्कालिन शाहि सेनाले सम्पर्क स्थान कब्जा गरिसकेको अवस्थामा घेरा तोडेर भाग्दै गर्दा गिरफ्तार गरी घेरामा राखि बगाले बुटले क्रल्ची कुल्ची निर्मम यातना दिई आफैलाई खाल्डो खन्न लगाई सोहि खाल्डोमा सुताए् गोली हानी हत्या।
राजनैतिक पूष्ठभूमिः २०६१मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकत्र्ता ।२०६१ मा पार्टी सदस्य। २०६१मा पार्टी इलाका समिति सदस्य । २०६१ मा अखिल क्रान्तिकारी म्याग्दी जिल्ला समिति सदस्य।

म्याग्दीजनयुद्धका शहिद पुष्कर पुनमगर कमरेड इतिहास पाखापानी७कोटगाँउ


नामः पुष्कर पुन मगर
टेकनामः कमरेड इतिहास
जन्ममितिः २०४३।१।१०गते
ठेगानाः पाखापानी ७ कोटगाउ म्याग्दी
हैसियतः जनमुक्ति सेना नेपाल कम्पनी सदस्य
बाबाः दल बहादुर पुन मगर
आमाः ह माया पुन मगर
शहादत मितिः २०६२ असार १६गते
शहादत स्थानः बिहु घोडाबान्ने म्याग्दी
घटना विवरणः बाग्लुङ्ग हटियाबाट तत्कालिन शाहि सेनाले गिरफ्तार गरी चार दिन सम्म चरम यातना दिए पछि बाग्लुङ्ग बिहु घोडाबान्ने लगि हत्या ।
राजनैतिक पृष्ठभूमिः २०६१ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता २०६२ मा जनमुक्ति सेना नेपाल सदस्य।

म्याग्दीजनयुद्धका शहिद ताराकुमारी पौडेल कमरेड शारदा बाबियाँचौर८रनबाङ्ग


नामः तारा कुमारी पौडेल
टेकनामःशारदा
जन्ममितिः २०३८ बैशाख १८ गते
ठेगानाः बाबियाचौर ८ रणवाङ्ग म्याग्दी
हैसियतःपार्टी इलाका समिति सदस्य
बाबाः हरिलाल पौडेल
आमाःनन्दकली पौडेल
शहादत मितिः २०६२।३।१५गते
शहादत स्थानः पुलाचौर गान्डे म्याग्दी
घटना विवरणः पुलाचौरको गान्डेमा कार्यक्रम गरिरहेको बेला तत्कालिन शाहि सेना ले गिरफ्तार गरेर सामूहिक बलात्कार गरी दुवै स्तनमा गोली हानी शलको पासो लगाएर रुखमा झुन्डाएको।
राजनैतिक पृष्ठभूमिः २०६१ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता। २०६१ पार्टी सदस्य। २०६१ अखिल नेपाल महिला सङघ क्रान्तिकारी जिल्ला समिति म्याग्दी को सदस्य । २०६१ पार्टी ईलाका समिति सदस्य ।

म्याग्दीजनयुद्धका शहिद विश्वजीत बुदाथोकीमगर कमरेड देवा अर्मन७नेटा


नामः विश्वजित बुदाथोकी मगर
टेकनामः कमरेड देवा
जन्ममितिः २०४०।१।१गते
ठेगानाःअर्मन ७ नेटा म्याग्दी
हैसियतः प्लाटुन भाईस कमाण्डर
बाबाः थम बहादुर बुदाथोकी मगर
आमाःसुसिला बुदाथोकी मगर
शहादत मितिः २०६२।१।२६गते
शहादत स्थानः सिराहा बन्दीपुर
घटना विवरणः बन्दीपुर सैनिक ब्यारेक आक्रमणमा
राजनैतिक पृष्ठभूमिः २०५३ अनेरास्ववियू पाचौ सदस्य। २०५६ अखिल -क्रान्तिकारी ईकाइ कमिति सचिव। २०५८ मगर मोर्चा जिल्ला सदस्य। २०५८ स्क्वायड सदस्य ।२०५८ स्क्वायड भाइस कमाण्डर। पार्टी जिल्ला सचिव को अङ्गरक्षक । २०५९ प्लाटुन सेक्सन भाईस कमाण्डर। २०६० प्लाटुन सेक्सन कमाण्डर। २०६० प्लाटुन भाईस कमाण्डर ।

म्याग्दीजनयुद्धका शहिद निरु पाइजामगर कमरेड बदला चिमखोला१नक्कलडाँडा


नामः निरु पाईजा मगर
टेकनामःकमरेड बदला
जन्ममितिः२०३९।७।३गते
ठेगानाःचिमखोला १ नक्कलडाडा म्याग्दी
हैसियतःप्लाटुन कमाण्डर
बाबाःडालचन्द्र पाईजा मगर
आमाःतबिसरा पाईजा मगर
शहादत मितिः २०६२।१।२६गते
शहादत स्थानः सिराहा बन्दीपुर
घटना विवरणः बन्दीपुर सैनिक ब्यारेक आक्रमणमा
राजनैतिक पृष्ठभुमिः२०५७ अमर मा वि चिमखोला अखिल -क्रान्तिकारी इकाई कमिति उपाध्यक्ष । २०५७ तत्कालीन ने क पा माओवादी को पुर्णकालिन कार्यकर्ता। २०५८ पार्टी सदस्य । २०५८ स्क्वायड सदस्य । २०५८ स्क्वायड भाईस कमाण्डर । २०५९ मा तत्कालिन २०४८ नम्बर प्लाटुन सेक्सन कमाण्डर । २०६० प्लाटुन भाईस कमाण्डर । २०६० प्लाटुन कमाण्डर ।

म्याग्दीका जनयुद्धका शहिद भूमिराज पुनमगर निस्कोट२


नामः भूमिराज पुन मगर
जन्ममितिः ३० बर्ष
ठेगानाः निस्कोट ९ म्याग्दी
बाबाः भैर बहादुर पुन मगर
आमाः छल विरा पुन मगर
शहादत मितिः २०६१।९।१ गते
शहादत स्थानः निस्कोट ९ म्याग्दी
घटना विवरणः प्रेसर कुक्कर बम विष्फोट भइ शहादत ।

म्याग्दीका जनयुद्धका शहिद नगेन्द्र पुन मगर निस्कोट२


नामः नगेन्द्र पुन मगर
जन्ममितिः ३२ बर्ष
ठेगानाः निस्कोट ९ म्याग्दी
बाबाः भैर बहादुर पुन मगर
आमाः रविसरा पुन मगर
शहादत मितिँः २०६१।९।१गते
शहादत स्थानः निस्कोट ९ म्याग्दी
घटना विवरणः प्रेसर कुक्कर बम विष्फोट भएर शहादत ।

म्याग्दीजनयुद्धका शहिद केशबहादुर राम्जालीमगर नारच्याङ्ग गाड्पार


नामः केश बहादुर राम्जाली मगर
जन्ममितिः २०४२।९।१२गते
ठेगानाः न्यारच्याङ्ग गाड्पार म्याग्दी
शहादत मितिः २०६१।१२।२१गते
शहादत स्थानः पोखरा कास्की
घटना विवरणः तत्कालीन शाही सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरेको ।

म्याग्दीजनयुद्धका शहिद कमरेड पूर्ण बहादुर फगामीमगर दाना फगाम


नामः पूर्ण बहादुर फगामी मगर
जन्ममितिः २०२४।६।५गते
ठेगानाः दाना ८ फगाम म्याग्दी
हैसियतः पार्टी सदस्य । गाँउ जनसरकार उपप्रमुख ।
बाबाः टेक बहादुर फगामी मगर
आमाः अविता फगामी मगर
शहादत मितिः २०६१।११।२०गते
शहादत स्थानः दाना ८ सुवा म्याग्दी
घटना विवरणः घाँस बेश क्यापबाट आएको तत्कालीन शाहि सेनाले कब्जामा लिई गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभुमिः २०६१ मा दाना गाँउ जनसरकार उप प्रमुख र पार्टी सदस्य।

म्याग्दीजनयुद्धका शहिद प्रेमबहादुर दर्जी कमरेड मिलन घटान१ढोलथान


नामः प्रेम बहादुर दर्जी
टेकनामः कमरेड मिलन
जन्ममितिः २०३०।४।
ठेगानाः घटान १ ढोलथान म्याग्दी
हैसियतः जनमुक्ति सेना नेपाल कम्पनी सदस्य
शहादत मितिः २०६१।१०।२ गते
शहादत स्थानः नवलपरासी
घटना विवरणः नवलपरासी कालीगण्डकी किनारमा नुहाइ रहेको अवस्थामा तत्कालीन शाही सेनाले घेरा हाली गोली हानी हत्या ।
राजनैतिक पृष्ठभूमिः भारत प्रवासमा तत्कालीन ने क पा माओवादी को प्रवास शाखामा सँगठित । २०६१ मा भारत प्रवास बाट जनमुक्ति सेना नेपालमा स्थानान्तरण भई आएको ।

म्याग्दीजनयुद्धका शहिद मोहनलाल रोकामगर कमरेड गृष्म बराङ्गजा८उदेली


नामः मोहन लाल रोका मगर
टेकनामः कमरेड गृष्म
जन्ममितिः २०३९।१०
ठेगानाः बराङ्गजा ८ उदेली म्याग्दी
हैसियतः एस टि एफ कम्पनी कमाण्डर
बाबाः गुमानसिँह रोका मगर
आमाः नन्द कुमारी रोका मगर
शहादत मितिः २०६१।८।२९ गते
शहादत स्थानः दाङ्ग सुराई नाका
घटना विवरणः आफैले कमाण्ड गरेको दाङ्गको सुराई नाका एम्बुसमा तत्कालीन शाही सेनाले हानेको गोली टाउकोमा लागी उपचारमा लग्देै गर्दा चार पाँच घण्टा पछि शहादत।
राजनैतिक पृष्ठभूमिः २०५५ अखिल क्रान्तिकारी सदस्य ।२०५६ मगर मार्चा जिल्ला समिति सदस्य । २०५६ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालीन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५७ जनमुक्ति सेना नेपाल ६ नम्बर प्लाटुन सदस्य । २०५८ मा ६ नम्बर प्लाटुन एफ जि एल । २०५८ प्रथम बतालियन सेक्सन भाइस कमाण्डर । २०५९ सेक्सन कमाण्डर ।२०५९ प्लाटुन भाइस कमाण्डर । २०६० प्लाटुन कमाण्डर । २०६० एस टि एफ कम्पनी भाइस कमाण्डर । २०६१ एस टि एफ बतालियन कम्पनी कमाण्डर ।

म्याग्दीका जनयुद्धका शहिद बल बहादुर वि क कमरेड बत्तिस दोभा८


नामः बल बहादुर वि क
टेकनामः बत्तीस
जन्ममितिः२०११।८
ठेगानाःदोवा ८ म्याग्दी
हैसियतः पार्टी सदस्य
बाबाः नन्द लाल वि क
शहादत मितिः २०६१।८।२० गते
शहादत स्थानः दोवा ८ म्याग्दी
घटना विवरणः तत्कालिन शाही सेनाले आफैको घर घेरा हाली गिरफ्तार गरी घर नजिकै गोली हानी हत्या ।
राजनैतिक पृष्ठभूमिः पुरानो कम्युनिष्ट । जनयुद्ध कालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सदस्य।

म्याग्दीजनयुद्धका शहिद टिका मायाँ वि क कमरेड सुविना कुहिनेमँगले६याङ्गले


नामः टिका मायाँ वि क
टेकनामः कमरेड सुविना
जन्ममितिः २०४६।३।२४गते
ठेगानाः कुइने मँगले ६ याङले म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य
आमाः मन मायाँ वि क
शहादत मितिः २०६१ असोज २७ गते
शहादत स्थानः अधिकारीचौर छापडाँडा बाग्लुङ्ग
घटना विवरणः सँचार पोष्टमा तत्कालीन शाही सेनाले कब्जा गरी गोली हानी हत्या।
राजनैतिक पृष्ठभूमिः २०६० मा तत्कालिन ने के पा माओवादी को पूर्णकालिन कार्यकर्ता ।

म्याग्दीका जनयुद्धका शहिद अनिल बुदा मगर कमरेड अनन्त वेग३सिम


नामः अनिल बुदा मगर
टेकनामः कमरेड अनन्त
ठेगानाः वेग ३ सिम म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य । मगर मोर्चा जिल्ला समिति सदस्य ।
बाबाः खिम बहादुर बुदा मगर
शहादत मितिः २०६१।३।१२ गते
शहादत स्थानः दोवा म्याग्दी
घटना विवरणः गि्रनेट विष्फोट द्धारा शहादत
राजनैतिक पृष्ठभूमिः मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल इकाई समिति सदस्य । २०५९ इलाका समिति अध्यक्ष । २०६० म्याग्दी जिल्ला समिति सदस्य । तत्कालिन ने क पा माओवादी को इलाका समिति सदस्य ।

म्याग्दीका जनयुद्धका शहिद झिल्के सार्की अर्थुङ्गे ४


नामः झिल्के सार्की
ठेगानाः अथुङ्गे ४ म्याग्दी

म्याग्दीका जनयुद्धका शहिद यामलाल शर्मा भगवती २


नामः याम लाल शर्मा
ठेगानाः भगवती २ म्याग्दी
शहादत मितिः २०६०।१२।८ गते
शहादत स्थानः पिप्ले घुमाउने ताल म्याग्दी
घटनाविवरणः म्याग्दी वेगखोला तिप्ल्याङ्ग बाट मोटरसाइकलमा बेनी आउँदै गर्दा तत्कालिन शाहि सेनाले गोली हानी हत्या गरेको ।

म्याग्दी जनयुद्धका शहिद लिल बहादुर घर्ति मगर कमरेड विदुर भकिम्ली१मुसुङ्ग


नामः लिल बहादुर घर्ति मगर
टेकनामः कमरेड विदुर
जन्ममितिः २०४० भाद्र १५ गते
ठेगानाः भकिम्ली १ मुसुङ्ग म्याग्दी
हैसियतः सेक्सन भाईस कमाण्डर
बाबाः गणेश बहादुर घर्ति मगर
आमाः भूमि घर्ति मगर
शहादत मितिः २०६०।१२।१० गते
शहादत स्थानः बाग्लुङ्ग ताराखोला जँगलमा
घटना विवरणः म्याग्दी बेनी आक्रमण बाट फर्किदा बाग्लुङ्ग ताराखोला जँगल धुरीमा घाईते कमरेडहरु सहित सिङ्गो फौजको सुरक्षाको लागि ब्लगमा खटेको बेला भोक अनिदो थकाईले गालिरहेको अवस्थामा ताराखोला को खोलाबाट पुनः धुरी नेर भर्खर पुग्नै लाग्दा म्याग्दी निस्कोट बाट आएर हाईटप कब्जा गरी बसेको तत्कालिन शाहि सेना सँगको आकस्मिक भिडन्तमा खुट्टामा गोली लागी घाईते अवस्थामा कब्जामा लिई ज्युँदै टाउको मुख जलाएर पेटमा र टाउकोमा गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभुमिः २०५८मा मगर मोर्चा सदस्य । २०५८ असोजमा आफ्नो भरुवा बन्दुक सहित गु्रपमा पूर्णकालिन कार्यकर्ता का हुँदा तत्कालिन पार्टी नेतृत्वले गाँउमा नै रहेर काम गर्न निर्देशन । २०५८ पुष २६ गते तत्कालिन शाहि सेना द्धारा गिरफ्तार एक हप्ता हिरासतमा राखि यातना दिई तारेखमा छुटेको । पुनः२०६० जेठमा पुर्ण कालिन कार्यकर्ता । २०६० शिखर साँस्कृतिक परिवार म्याग्दी को सदस्य । २०६० मा जनमुक्ति सेना नेपाल २० नम्बर बटालियन ए कम्पनी सदस्य । २०६० एफ जि एल र सेक्सन भाइस कमाण्डर ।

म्याग्दीका जनयुद्धका शहिद निर बहादुर पुन मगर कमरेड युनिक कुहुँ६तुसारपानी


नामः निर बहादुर पुन मगर
टेकनामः कमरेड युनिक
जन्ममितिः करिब २० बर्ष
हैसियतः जनमुक्ति सेना नेपाल सदस्य
ठेगानाः कुँहु ६ तुसारपानी म्याग्दी
आमाः मन कुमारी पुन मगर
शहादतमितिः २०६०।१२।१० गते
शहादत स्थानः बाग्लुङ्ग ताराखोला जँगलमा
घटना विवरणः म्याग्दी बेनी आक्रमण बाट फर्किदा बाग्लुङ्ग ताराखोला को जँगल धुरीमा घाईते कमरेडहरु लगायत सिँगो फौज को सुरक्षाको लागि ब्लगमा बसिरहेको बेला भोक निद्रा थकाईबाट कमजोर अवस्थामा म्याग्दी निस्कोट बाट घाईते को पिछा गर्दै आएको तत्कालीन शाहि सेना सँग को भिडीन्तमा गोली लागी शहादत ।
राजनैतिक पृष्ठभूमिः २०६० मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन
कार्यकर्ता । २०६० मा जनमुक्ति सेना नेपाल २० नम्बर बतालियन सदस्य ।

म्याग्दीका जनयुद्धका शहिद ठक्करे दर्जी भगवती४राखु


नामः ठक्करे दर्जी
जन्ममितिः २०३६।४।२३ गते
ठेगानाः भगवती ४ म्याग्दी
शहादत मितिः २०६०।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटनाविवरणः तत्कालिन शाहि सेना को हवाई आक्रमणबाट बम लागि शहादत ।

म्याग्दीका जनयुद्धका शहिद थकाने दर्जी पुलाचौर पुरुन्ने


नामः ठकाने दर्जी
जन्ममितिः २००५।९।१७ गते
ठेगानाः पुलाचौर म्याग्दी
शहादत मितिः २०६०।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटना विवरणः तत्कालीन शाहि सेनाको हवाई आक्रमणबाट बम लागि शहादत ।

म्याग्दीका जनयुद्धका शहिद सुन्ते दर्जी पुलाचौर पुरुन्ने


नामः सुन्ते दर्जी
जन्ममितिः २०१०।१२।२७ गते
ठेगानाः पुलाचौर म्याग्दी
बाबाः पहले दर्जी
आमाः काईली दर्जी
शहादतमितिः २०६०।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटनाविवरणः तत्कालिन शाहि सेनाको हवाई आक्रमणबाट बम लागी शहादत ।

म्याग्दीका जनयुद्धका शहिद सुर्य दर्जी पुलाचौर पुरुन्ने


नामः सुर्य दर्जी
जन्ममितिः २०४७।१।१६ गते
ठेगानाः पुलाचौर म्याग्दी
आमाः मन कुमारी दर्जी
शहादतमितिः २०६०।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटनाविवरणः तत्कालिन शाहि सेना को हवाई आक्रमणबाट बम लागि शहादत ।

म्याग्दीका जनयुद्धका शहिद फौडे दर्जी पुलाचौर पुरुन्ने


नामः फौदे दर्जी
जन्ममितिः २०१७।८।१२ गते
ठेगानाः पुलाचौर पुरुन्ने म्याग्दी
बाबाः पहले दर्जी
आमाः सरस्वती दर्जी
शहादत मितिः २०६०।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटना विवरणः तत्कालिन शाहि सेनाको हवाई आक्रमणबाट बम लागी शहादत ।

म्याग्दीका जनयुद्धका शहिद खम्बे दर्जी पुलाचौर पुरुन्ने


नामः खम्बे दर्जी
जन्ममितिः २०२२।१०।२७गते
ठेगानाः पुलाचौर पुरुन्ने म्याग्दी
शहादत मितिः २०६६।१२।८ गते
शहादत स्थानः बेनी म्याग्दी
घटना विवरणः तत्कालीन शाहि सेनाको हवाई आक्रमणबाट बम लागि शहादत।

म्याग्दीका जनयुद्धका शहिद रामचन्द्र गिरी कमरेड शिखर बराङ्गजा१भोर्लेनी


नामः राम चन्द्र गिरी
टेकनामः कमरेड शिखर
जन्ममितिः २०४२।८।११ ग मँगलवार
ठेगानाः बराङ्गजा १ भोर्लेनी म्याग्दी
हैसियतः सेक्सन कमाण्डर
बाबाः हिरा गिरी
आमाः खगी गिरी
शहादत मितिः २०६०।१२।८गते
शहादत स्थानः अर्थुङ्गे बेनी म्याग्दी
घटना विवरणः म्याग्दीको सदरमुकाम बेनी आक्रमण गर्दा तत्कालिन शाहि सेना को हवाई फायर हेलिकप्तर बाट खसालिएको बम लागी कम्मर मुनी को हिप खुट्टा सम्पुर्ण भाग छियाँ छियाँ भएको अवस्था मा केहि समय पछि शहादत। बम बेनी हुलाक चोकनजिक लागेको थियो । हुलाक चोकबाट करीब १०० मिटर माथि स्ट्रेचरमा बोकेर ल्याएको बेला शहादत ।
राजनैतिक पृष्ठभूमिः २०५९भाद्र १८ गते तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५९ मा शिखर साँस्कृतिक परिवार म्याग्दी को सदस्य । २०५९मा जनमुक्ति सेना नेपाल जिल्ला प्लाटुन सदस्य । २०६० मा २० नम्बर बटालियन ए कम्पनी हेडक्वाटर सेक्सन कमाण्डर । दाङ्ग भालुवाङ्ग बेश क्याम्प आक्रमणमा घाईते ।

म्याग्दीका जनयुद्धका शहिद गोरे दर्जी कमरेड पूर्ण दोभा६


नामः गोरे दर्जी
टेकनामः कमरेड पुर्ण
जन्ममितिः २०४०।११।१५ गते
ठेगानाः दोवा ६ म्याग्दी
हैसियतः जनमुक्ति सेना नेपाल सदस्य
बाबाः भविलाल नेपाली
शहादत मितिः २०६०।१२।७ गते
शहादत स्थानः अर्थुङ्गे बेनी म्याग्दी
घटना विवरणः म्याग्दीको सदरमुकाम बेनी आक्रमण गर्दा जिल्ला प्रशासन कार्यलय अगाडि पिपल मुनी गोली लागी शहादत ।
राजनैतिक पृष्ठभूमिः २०६० जनमुक्ति सेना नेपाल २० नम्बर बतालिन सदस्य ।

Monday, January 11, 2010

म्याग्दीका जनयुद्धका शहिद हेम कुमारी वि क कमरेड पि्रति बराङ्गजा८बुकेनी


नामः हेम कुमारी वि क
टेकनामः कमरेड पि्रित
जन्ममितिः २०४०।९।७गते
ठेगानाः बराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियतः प्लाटुन एफ जि एल
बाबाः श्री बहादुर भट्टराई
आमाः मँगले देवी भट्टराई
शहादत मितिः २०६१ असार
शहादत स्थानः भारत लखनऊ
घटना विवरणः म्याग्दी काली भेग अभियानबाट नेपाल दलित मुक्ति मोर्चा को म्याग्दीको जिल्ला सम्मेलन स्थल म्याग्दी भेगमा अन्तरजातीय विवाह गरेकोमा सम्मान ग्रहण गर्न जाँदै गर्दा पात्लेखेत को माथि जँगल चिमखोला म्याग्दीमा म्याग्नम राइफलको गोली पेटमा लागी भारत लखनऊ उपचारको क्रममा आन्द्राको अप्रेशन भएको एक हप्ता पछि शहादत भएको ।
राजनैतिक पृष्ठभूमिः २०५५ मा अखिल नेपाल किसान सँघ क्रान्तिकारी गाँउ इकाई समिति सदस्य ।२०५५ मा अखिल क्रान्तिकारी सदस्य । २०५९ फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५९ मा जनमुक्ति सेना नेपाल सदस्य । २०६० मा एफ जि एल ।

म्याग्दी जनयुद्धका शहिद भिम प्रसाद गर्बुजा मगर कमरेड मुक्ति नारच्याङ्ग

नामः भिम प्रसाद गर्बुजा मगर
टेकनामः मुक्ति
जन्ममितिः २०४१।११।८ गते
ठेगानाः न्यारच्याङ्ग ९ गाड्पार म्याग्दी
बाबा दुर्ग बहादुर गर्बुजा मगर
शहादतमितिः २०५९ असार २३ गते
शहादत स्थानः लेटे घाँस मुस्ताङ्ग
घटना विवरणः तत्कालिन शाहि सेनाले गिरफ्तार गरी घाँस ब्यारेकमा लगी जोमसोङ्ग ब्यारेकमा लगि चरम यातना दिएको र पुनः घाँस ब्यारेकमा लिई गोली हानी हत्या।
राजनैतिक पृष्ठभूमिः तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता पछि घरमा रहि सहयोग गरेको ।

म्याग्दीका जनयुद्धका शहिद कमरेड तिलक नेपाली सिङ्गा९डाँडाखेत काभ्रा

नामः तिलक नेपाली
जन्ममितिः २०४२।३।१५ गते
ठेगानाः सिङ्गा ९ डाँडाखेत म्याग्दी
हैसियतः प्लाटुन सदस्य
शहादत मितिः २०५९फागुन २५ गते
शहादत स्थानः झिँ म्याग्दी
घटना विवरणः तत्कालीन शाही सेनालै म्याग्दी बेनी बाट गिरफ्तार गरी झिँ लगेर गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५८ तत्कालिन ने क पा माओवादी को पुणकालिन कार्यकर्ता ।२०५९ मा जनमुक्ति सेना नेपाल सदस्य ।

म्याग्दी जनयुद्धका शहिद कम बहादुर रोका मगर कमरेड सन्तोष दरबाङ्ग५दुखु


नामः कम बहादुर रोका मगर
टेकनामः सन्तोष
जन्ममितिः २०४२।६।२ गते
ठेगानाः दरबाङ्ग ५ दुःखु म्याग्दी
हैसियतः स्क्वायर्ड भाइस कमाण्डर
बाबाः विर बहादुर रोका मगर
आमाः मनिमायाँ रोका मगर
शहादतमितिः २०५९।९।५ गते
शहादत स्थानः सिङ्गा १सोत्ता म्याग्दी
घटना विवरणः तत्कालिन शाहि सेना लाई एम्बुस गर्दा माइन विष्फोट गरे पछि ब्याग हुदै गर्दा खुट्टा मा गोली लागेपछि कब्जा लिई ज्युँदै खुट्टा बाँधेर घिसार्दै लगेर गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य । २०५८ मा प्लाटुन एफ जि एल । २०५९ प्लाटुन भाइस कमाण्डर ।

Thursday, January 7, 2010

म्याग्दी जनयुद्धका शहिद कृष्ण बहादुर बुदा मगर रुम७लुक्सीपार


म्याग्दी जनयुद्धका शहिद कृष्ण बहादुर बुदा मगर रुम७लुक्सीपार

नामः कृष्ण बहादुर बुदा मगर
जन्ममितिः २०४०।१।२ गते
ठेगानाः रुम ७ लुक्सीपार म्याग्दी
बाबाः धन लाल बुदा मगर
आमाः धनमला बुदा मगर
शहादतमितिः २०५९।९।४गते
शहादत स्थानः ओखरवोट फूलबारी म्याग्दी
घटना विवरणः तातोपानी डुब्न गएको परिवार लाई खर्च पुराई घर फर्किदै गर्दा तत्कालिन शाहि सेनाले कब्जामा लिई गोली हानी हत्या गरेको।

म्याग्दीका जनयुद्धका शहिद हेमेन्द्र सिउथानी मगर रुम७लुक्सीपार

नामः हेमेन्द्र सिउथानी मगर
जन्ममितिः २०४५।११।७ गते
ठेगानाः रुम ७ लुक्सीपार म्याग्दी
बाबाः सक बहादुर सिउथानी मगर
आमाः चिज मायाँ सिउथानी मगर
शहादत मितिः २०५९।९।४ गते
शहादत स्थानः ओखरबोट फूलबारी म्याग्दी
घटना विवरणः तातोपानी डुब्न गएका आफन्त लाई खर्च छोडेर घर जादै गर्दा तत्कालिन शाहि सेनाले ओखरबोट फूलबारी म्याग्दी मा कब्जामा लिई गोली हानी हत्या गरेको ।

म्याग्दी जनयुद्धका शहिद नुक प्रसाद रोका मगर कमरेड पुकार दरबाङ्ग५दुखु


नामः नुक प्रसाद रोका मगर
टेकनामः कमरेड पुकार
जन्ममितिः २०३३ साल
ठेगानाः दरबाङ्ग ५ दु खु म्याग्दी
हैसियतः पार्टी इलाका समिति सचिव
बाबाः टक प्रसाद रोका मगर
आमाः देउसरा रोका मगर
शहादत मितिः २०५९।९।३ गते
शहादत स्थानः पुलाचौर डडुवा म्याग्दी
घटना विवरणः पुलाचौर डडुवा म्याग्दी मा बिहान पख जनताको घरमा सेल्टर भर्खर लिई रहेको बेला तत्कालीन शाही सेना ले गाँउ घेरा हाले पछि घेरा तोड्दा लखेटि लखेटि गोलि हानेर घाईते बनाएर कब्जामा लिए पछि चरम यातना दिई फेरी गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५६ मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल गाँउ इकाई समिति अध्यक्ष । २०५७ मगर मोर्चा म्याग्दी जिल्ला समिति सदस्य । २०५७ मगर मोर्चा जिल्ला सचिव । २०५७ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५६ पार्टी सदस्य । २०५७ पार्टी इलाका समिति सदस्य । २०५८ पार्टी इलाका समिति सचिव । २०५७ स्क्वायर्ड सदस्य । २०५७ स्क्वायर्ड भाइस कमाण्डर । २०५८ स्क्वायर्ड कमाण्डर । २०५८ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सेक्सन कमाण्डर ।

म्याग्दी जनयुद्धका शहिद मन बहादुर वि क कमरेड भिषण बराङ्गजा१सातबिसे


नामः मन बहादुर वि क
टेकनामः कमरेड भिषण
ठेगानाः बराङ्गजा १ सातविसे म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः जँग बहादुर वि क
शहादत मितिः २०५९। ८।
शहादत स्थानः पोखरा विजयपुर ब्यारेक कास्की
घटना विवरणः सिङ्गा मा एम्बुस गरेर आफ्नै घर बराङ्गजा १ सातविसे म्याग्दी पुगेको बेला आफ्नै घर बाट तत्कालिन शाही सेनाले कब्जामा लिई चरम यातना दिदै बेनी बाग्लुङ्ग कास्की पोखरा ब्यारेकमा लगेर बेपत्ता बनाएको पछि शाहि सेनाको वक्तव्यमा मृतक घोषणा गरेको । तर शव गायब गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५७ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य ।

म्याग्दी जनयुद्धका शहिद देबेन्द्र सेरपुन्जा कमरेड शक्ति पाखापानी५


नामः देवेन्द्र सेरपुन्जा मगर
टेकनामः कमरेड शक्ति
जन्ममितिः २०३८।१०।१८ गते
ठेगानाः पाखापानी ५ कालावाङ्ग म्याग्दी
हैसियतः बतालियन सेक्सन कमाण्डर
बाबाः पुर्ण बहादुर सेरपुन्जा मगर
आमाः पो मायाँ सेरपुन्जा मगर
शहादत मितिः २०५९।६।११ गते
शहादत स्थानः काक्री ६ लुकुम रुकुम
घटना विवरणः अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क ब्यारेक आक्रमणमा २०५९।५।२३ गते एसल्ट गु्रफ बाट अफेन्स गर्दै गर्दा तत्कालीन शाहि सेनाको गोली पेटमा लागी घाईते भएको आन्द्रामा गोली लागेकोले उपचारको क्रममा काक्री ६ लुकुम रुकुममा शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल सदस्य । २०५८ प्रथम बटालियन एफ जि एल । २०५८ प्रथम बटालियन सेक्सन भाइस कमाण्डर ।

म्याग्दीका जनयुद्धका शहिद हिरालाल वि क कमरेड बिशाल बराङ्गजा ४ आर्भाङ्ग


नामः हिरा लाल वि क
टेकनामः विशाल
जन्ममितिः २०३८।५।१५ गते
ठेगानाः बराङ्गजा ४ आर्भाङ्ग म्याग्दी
हैसियतः प्लाटुन एफ जि एल
बाबाः भक्तलाल वि क
आमाः मनमायाँ वि क
शहादत मितिः २०५९।५।२२ गते
शहादत स्थानः भिमान सिन्धुली
घटना विवरणः सिधुन्ली जिल्लाको भिमान प्रहरी चौकी कब्जा गर्दा गोली लागी शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५५ अखिल क्रान्तिकारी सदस्य । २०५६ अखिल नेपाल किसान सँघ क्रान्तिकारी गाँउ ईकाइ समिति सदस्य । २०५८ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य । २०५८ प्लाटुन एफ जि एल । एल एम जि गु्रफमा कार्यरत ।

म्याग्दीका जनयुद्धका शहिद नन्द खड्का कमरेड यायावर बाबियाँचौर २ सिमलचौर


नामः नन्द खड्का
टेकनामः यायावर
जन्ममितिः २०२० मँशिर
ठेगानाःबाबियाँचौर २ सिमलचौर म्याग्दी
हैसियतः पार्टी इलाका समिति सचिव । अ ने कि सँघ क्रान्तिकारी जिल्ला सदस्य ।
बाबाः हर्क बहादुर खड्का
आमाः सन्ता खड्का
शहादत मितिः २०५९।५।२ गते
शहादत स्थानः कुँहु ५ पैयुपाटा म्याग्दी
घटना विवरणः म्याग्दी बेनी बाट दुई गु्रफमा आएको तत्कालीन शाहि सेना जो तल्लो गु्रफ को घेरा तोडेर बाबियाँचौर पैयुपाटा पुगेको बेला माथिल्लो गु्रफको आकस्मीक जम्का भेटमा कब्जा लिई बान्दाको छप्पनी ढुङ्गाले हान्दै हान्दै निर्मम तथा चरम यातना दिएर कुँहू पैयुपाटा म्याग्दीमा लगी गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०३६ अखिल सदस्य धवलागिरी माध्यामिक विद्यालय बाग्लुङ्ग इकाई । २०४२ नेपाल कम्युनिष्ट पार्टी मशाल सदस्य । २०४२ जिल्ला समिति सदस्य । २०५५ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ अखिल नेपाल किसान सँघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष । २०५८ अखिल नेपाल जनसाँस्कृतिक महासँघ क्षेत्रीय सदस्य । २०५८ पार्टी इलाका समिति सचिव ।

म्याग्दीका जनयुद्धका शहिद धन बहादुर वि क कमरेड लक्की बराङ्गजा १ सातबिसे


नामः धन बहादुर वि क
टेकनामः कमरेड लक्की
जन्ममितिः २०३८।३।२ गते
ठेगानाः बराङ्गजा १ सातबिसे म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः जङ्ग बहादुर वि क
शहादतमितिः २०५९।१।१९ गते
शहादत स्थानः लिस्ने रोल्पा
घटना विवरणः लिस्ने रोल्पा मा जनमुक्ति सेना नेपाल ले तत्कालिन शाहि सेनालाई भ्याकुर लखेटाई गरेको चर्चित भिडन्तमा घरको कभर बाट लडिरहेको शाहि सेनालाई ज्युदै समातेर गुठुम गुठ्ठा मुक्का मुक्की गर्दा गर्दै गि्रनेट विष्फोट बाट शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५६ जनमिलिशिया सदस्य । २०५७ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ तत्कालिन जनमुक्ति सेना नेपाल ६ नम्बर प्लाटुन सदस्य ।

म्याग्दीका जनयुद्धका शहिद मन कुमारी वि क कमरेड सम्झना रुम ८ खतेनडाँडा


नामः मन कुमारी वि क
टेक नामः सम्झना
जन्ममितिः २०४२।१२।७ गते
ठेगानाः रुम ८ खतेनडाँडा म्याग्दी
हैसियतः अखिल नेपाल महिला सँघ क्रान्तिकारी जिल्ला समिति सदस्य ।
बाबाः पक बहादुर वि क
आमाः बाल कुमारी वि क
शहादत मितिः २०५९।१।१२ गते
शहादत स्थानः देविस्थान घरथोक म्याग्दी
घटना विवरणः साँगठनिक काममा देविस्थान घरथोक पुगेको बेला तत्कालिन शाहि सेनाको सिभिल डे्रशमा गएको एक सेक्सन ले कब्जामा लिई चरम यातना दिएर गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सदस्य । २०५८ तत्कालिन ने क पा माओवादीको पूर्णकालिन कार्यकर्ता । २०५८ अखिल नेपाल महिला सँघ क्रान्तिकारी जिल्ला समिति सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी सदस्य । २०५८ पार्टी इलाका समिति सदस्य ।