Wednesday, December 30, 2009

म्याग्दीका जनयुद्धका शहिद याम बहादुर वि क कमरेड अर्पण रुम ८ खतेनडाँडा


नामः याम बहादुर वि क
टेकनामः कमरेड अर्पण
जन्ममितिः २०३६।१०।१ गते
ठेगानाः रुम ८ खतेनडाँडा म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य
बाबाः पक बहादुर वि क
आमाः बाल कुमारी वि क
शहादत मितिः २०५९।१।१२ गते
शहादत स्थानः देविस्थान घरथोक म्याग्दी
घटना विवरणः साँगठनिक काममा देविस्थान घरथोक पुगेको बेला बेनी बाट शिभिल डे्रशमा गएको तत्कालिन शाहि सेना को सेक्सन ले लखेति लखेति गोली हानेर पाखुरामा गोली लागे पछि घाईते अवस्थामा कब्जामा लिई चरम यातना दिई गोली हानेर हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ अखिल क्रान्तिकारी सदस्य ।२०५७ धवलागिरी साप्ताहिक पत्रिकाको सम्वाददाता पत्राकार । २०५७ तत्कालिन नेपाल दलित मुक्ति मोर्चा म्याग्दी जिल्ला समिति सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ पार्टी सदस्य । २०५८ पार्टी इलाका समिति सदस्य ।

म्याग्दीका जनयुद्धका शहिद जमुना सुवेदी कमरेड आशा कुँहु ६ काउले


नामः जमुना सुवॆदी
टेक नामः कमरेड आशा
जन्म मितिः २०३४।५।१५ गते
ठेगानाः कुँहु ६ काउँले म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य । महिला जिल्ला समिति उपाध्यक्ष ।
बाबाः दुर्गा दत्त आचार्य
आमाः भद्रकली आचार्य
शहादत मितिः २०५९।१।१२ गते
शहादत स्थानः देविस्थान घरथोक म्याग्दी
घटना विवरणः साँगठनिक काममा देविस्थान घरथोक म्याग्दी पुगेको बेला बेनी बाट सिभिल डे्रशमा गएको एक सेक्सन तत्कालिन शाहि सेनाले कब्जामा लिई चरम यातना दिई गोली हानेर सामूहिका हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५२ जनयुद्ध पुर्व तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सम्पर्क । २०५४ अखिल नेपाल महिला सँघ क्रान्तिकारी सदस्य । २०५४ महिला जिल्ला समिति सदस्य । २०५७ असोज ४ गते पूर्णकालिन कार्यकर्ता । २०५७ पार्टी सदस्य । २०५७ पार्टी इलाका समिति सदस्य । २०५७ फागुन महिला जिल्ला सम्मेलन बाट कोषाध्यक्ष । २०५८ श्रावण बाट महिला जिल्ला समिति उपाध्यक्ष ।

म्याग्दीका जनयुद्धका शहिद मन बहादुर किसान कमरेड सन्देश कुँहु ५ पैयुपाटा


नामः मन बहादुर किसान
टेकनामः कमरेड सन्देश
जन्ममितिः २०३६।३।
ठेगानाः कुँहु ५ पैयुपाटा म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य ।
बाबाः विर बहादुर किसान
आमाः दिल मति किसान
शहादत मितिः २०५८।११।८ गते
शहादत स्थानः सिङ्गा म्याग्दी
घटना विवरणः आफ्नो कार्यक्षेत्र पश्चिम म्याग्दी घर बाट जादै गर्दा दरवाङ्ग रातो ढुङ्गा पुगेको बेला सुराकी भएपछि बाबियाँचौर बाट पिछा गरिरहेको तत्कालिन शाहि सेना सिभिल डे्रश मा गएकोले पछाडि बाट गोली हानी पाखुरा लागेर घाईते अवस्थामा कब्जामा लिई आफ्नै साथमा रहेको खुकुरीले कान नाक मुख काटेर चरम यातना दिई बेपत्ता बनाएको पछि सिङ्गामा हाडखोर अवशेष फेला परेको ।
राजनैतिक पृष्ठभूमिः २०५४ मा तत्कालिन नेपाल दलित मुक्ति मोर्चा सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी पूर्णकालिन कार्यकर्ता । २०५८ ने क पा माओवादी इलाका समिति सदस्य ।

म्याग्दीका जनयुद्धका शहिद टक बहादुर रोका मगर कमरेड निर्माण दरबाङ्ग ५ दुःखु


नामः तक बहादुर रोका मगर
टेक नामः कमरेड निर्माण
जन्म मितिः २०३८।१।२५ गते
ठेगानाः दरबाङ्ग ५ दुखु म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः बल बहादुर रोका मगर
आमाः टिका मायाँ रोका मगर
शहादत मितिः २०५९।१।१ गते
शहादत स्थानः मुर्कुति दाङ्ग
घटना विवरणः दाङ्ग लमहि प्रहरी चौकी कब्जा गरेर गाडी मा फर्किरहेको अवस्थामा दाङ्ग मुर्कुति बजार र हाईटप कब्जा गरेर बसेको तत्कालिन शाहि सेना सँग आकस्मिक भिडन्तमा हाईटप कब्जा गर्दा गदै गोली लागेर शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल तत्कालिन ४८ नम्बर प्लाटुन सदस्य ।

म्याग्दी जनयुद्धका शहिद खिम बहादुर जुग्जाली मगर कमरेड अमृत ताकम१धारापानी


नामःखिम बहादुर जुग्जाली मगर
टेकनामःअमृत
जन्ममितिः२०४३।६।२गते
ठेगानाःताकम १ धारापानी म्याग्दी
हैसियतःप्लाटुन सदस्य
बाबाःहिरा बहादुर जुग्जाली मगर
शहादतमितिः२०५९।१।१गते
शहादतस्थानःदाग मुर्कुटी
घटनाविवरणःदाङ्ग लमही प्रहरी क्याम्प रेड आक्रमणबाट फर्किदा दाङ्ग मुर्कुटीमा आकस्मिक भिडन्तमा गोली लागेर ढलेका कमरेडहरु शहिदका बन्दुक बटुलेर लिदाँ गोली लागेर शहादत ।
राजनैतिक पृष्ठभुमिः२०५७ सालमा स्क्वायड सदस्य । २०५८ मा जनमुक्ति सेना नेपाल तत्कालिन ४८नम्बर प्लाटुन सदस्य

म्याग्दीका जनयुद्धका शहिद यामनाथ आचार्य कमरेड विजय बराङ्गजा ३ खर्क


नामःयामनाथ आचार्य
टेकनामःविजय
जन्ममितिः२०३५।१।८गते
ठेगानाःवराङ्गजा ३ खर्क म्याग्दी
हैसियतः पार्टी जिल्ला कमिति सदस्य। जनमुक्ति सेना नेपाल प्लाटुन कमिसार
बाबाःचक्रपानी आचार्य
शहादतमितिः२०५९।१।१गते
शहादत स्थानः दाङ्ग मुर्कुटी
घटना विवरणः दाङ्ग लमही रेड कार्वाही बाट फर्किदा दाङ्ग मुकुटीमा एम्बुस बसेको तत्कालीन शाही सेना सँग आकस्मिक भिडन्त हुदा हाइटप कब्जा गर्दै गर्दा जुन हाइटप पहिले दुश्मनले कब्जा गरिसकेको रहेछ को अवस्थामा गोली लागी शहादत।
राजनैतिक पृष्ठभुमिः२०५१सालमा अखिल क्रान्तिकारी सदस्य। २०५३ जिल्ला सदस्य। २०५४जेठ जिल्ला सचिव। २०५५असार पुर्णकालिन कार्यकर्ता भुमिगत भयको।२०५३ तत्कालिन ने क पा माओवादी पार्टी सदस्य। २०५५ पार्टी सब एरिया सदस्य। २०५५ पार्टी इलाका कमिति सदस्य। २०५६ पार्टी जिल्ला कमिति सदस्य। २०५८ म्याग्दी जिल्ला कमिति सचिवालय सदस्य ।२०५५ स्क्वायड सदस्य ।२०५८ जनमुक्ति सेना नेपाल ४८नम्बर प्लाटुन कमिसार ।

म्याग्दीका जनयुद्धका शहिद कमरेड छविलाल छन्त्याल पाखापानी ४ ठाडाखानी


नामःछवीलाल छन्त्याल
जन्ममितिः२०२४साल ३४बर्ष
ठेगानाःपाखापानी ४ ठाडाखानी म्याग्दी
शहादतः मितिः २०५८।१२।१३गते
शहादत स्थानःअथुङ्गे बेनीबजार ब्यारेक अगाडि म्याग्दी
घटना विवरणः अथुङ्गे बेनीबजार ब्यारेक अगाडी हिडिरहेको बेला तत्कालिन शाही सेना द्धारा गोली हानी हत्या गरेको।

म्याग्दीका जनयुद्धका शहिद मदन के सि कमरेड इतिहास अथुङ्गे १ बेनीबजार


नामःमदन के िस
टेकनामःइतिहास
जन्ममितिः२०३८साल
ठेगानाःअथङ्गॆ १ बेनीबजार म्याग्दी
हैसियतःपार्टी एरिया कमिति सदस्य। विद्यार्थी जिल्ला कमिति सदस्य।
बाबाःखिम बहादुर के िस
आमाःखिम कुमारी के िस
शहादतमितिः २०५८।१०।२८गते
शहादत स्थानःदरबाङ्ग दुःखु म्याग्दी
घटना विवरणः ठाडाखानी भिडन्तमा मराङ्ग घन्टीवाङ्ग बाट तत्कालिन शाहि सेनाले गिरफ्तार गरी दुःखुमा लगी चरम यातना दिई हात खुट्टा बाँधेर भिरबाट खसाली अन्तका गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभुमिः२०५६सालमा अखिल क्रान्तिकारी सदस्य।२०५६ शिखर साँस्कृतिक परिवार म्याग्दी सदस्य। २०५७ अखिल क्रान्तिकारी म्याग्दी बहुमुखि क्याम्पस इकाइ सदस्य ।२०५८ जिल्ला कमिति सदस्य। २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी इलाका कमिति सदस्य। २०५७सालमा प्रहरी द्धारा गिरफ्तार करीब ६ महिना जेल जिवन पछि रिहा ।

म्याग्दीका जनयुद्धका शहिद राजाराम कार्की कमरेड शैलेश सिङ्गा थामडाँडा


नामःराजाराम कार्की
टेकनामःशैलेश
जन्ममितिः२०३२।८।३गते २६बर्ष
ठेगानाःसिँगा थामडाँडा म्याग्दी
हैसियतःपार्टी सदस्य।sिसान जिल्ला समिति सदस्य।
बाबाःहर्क बहादुर कार्की
आमाःभाइसरा कार्की
शहादत मितिः२०५८।१०।९गते
शहादत स्थानः अथुङ्गे बेनी अग्नीखेत म्याग्दी
घटना विवरणः आफ्नो घर वाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी चरम यातना दिई अग्नीखेतमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभुमिः२०५५ सालमा तत्कालिन ने क पा माओवादी को सम्पर्क भुमिगत कार्यकर्ता लाई सेल्टर दिने गरेको। २०५५ सालमा पार्टी सदस्य।२०५६ सालमा तत्कालिन अखिल नेपाल किसान सँघ क्रान्तिकारी म्याग्दी जिल्ला समिति सदस्य।

म्याग्दीका जनयुद्धका शहिद सृजना खड्का सम्भावना बाबियाँचौर २ सिमलचौर


नामःसिर्जना खड्का
टेकनामःसम्भावना
जन्ममितिः२०४३फागुन
ठेगानाःबाबियाँचौर२सिमलचौर म्याग्दी
बाबाःनन्द खड्का
आमाःगोमा खड््का
शहादतमितिः२०५८।१२।१३गते
शहादतस्थानःघारखिवाङ्गम्याग्दी
घटनाविवरणःअखिलक्रान्तिकारीम्याग्दीको अभियानको क्रममा टोली सहित घारवाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी शिखमा लगी एकरातभरी चरम यातना दिई भोलीपल्ट खिवाङ्ग जँगलमा गोली हानी सामूहिक हत्या गरेको।
राजनीतिक पृष्ठभूमिः२०५५अखिल -क्रान्तिकारीसदस्य।२०५७मा प्रहरी द्धारा गिरफ्तार भई हिरासत वाट रिहा।२०५७मा पूर्णकालिन कार्यकर्ता।२०५८मा विद्यार्थी जिल्ला सदस्य।
७३डज्ञढछस
७३डज्ञढछस

म्याग्दी जनयुद्धका शहिद पुनम शर्मा कमरेड निलम घटान ९ सेतोढुङ्गा


नामःपुनम शर्मा
टेकनामःनिलम
जन्ममितिः२०४३।४।१३गते
ठेगानाःघटान २ सेतोढुङ्गा म्याग्दी
हैसियतःविद्यार्थी म्याग्दी जिल्ला सदस्य
बाबाःदुर्गादत्त शर्मा
आमाःहरीकला शर्मा
शहादत मितिः२०५८।१२।१३गते।
शहादत स्थानःघार खिवाङ्ग म्याग्दी
घटना विवरणःविद्यार्थी अभियानको क्रममा टोली सहित तत्कालिन शाही सेनाले घारबाट गिरफ्तार गरी शिखमा एकरात भरी यातना दिई खिवाङ्ग जँगलमा भोलीपल्ट गोली हानी सामूहिक हत्या ।
राजनैतिक पृष्ठभूमिः२०५७अखिल क्रान्तिकारी सदस्य।२०५८तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता।२०५८विद्यार्थी म्याग्दी जिल्ला समिति सदस्य।

म्याग्दी जनयुद्धका शहिद मन बहादुर वि क कमरेड प्रभात राम्चे५काफलडाँडा



नामःमन बहादुर वि क
टेकनामःप्रभात
जन्ममितिः२०४०।३।३०गते
ठेगानाःराम्चे काफलडाँडा म्याग्दी
हैसियतःपार्टी एरिया कमिति सदस्य।विद्यार्थी जिल्ला कोषाध्यक्ष
आमाःरिता मायाँ वि क
शहादतमितिः२०५८।१२।१३गते
शहादत स्थानःघार खिवाङ्ग म्याग्दी
घटना विवरणःविद्यार्थी अभियानको सिलसिलामा टोली सहित घारबाट तत्कालिन शाहि सेनाले गिफ्तार गरी शिखमा एक रातभरी चरम यातना दिई खिवाङ्ग जँगलमा लगी गोली हानी सामुहिक हत्या गरेको।
राजनैतिक पृष्ठभुमिः२०५७ अखिल क्रान्तिकारी नागी मा वि सदस्य। २०५८ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता भूमिगत।२०५८पार्टी सदस्य।२०५८पार्टी एरिया कमिति सदस्य।२०५८अखिल क्रान्तिकारी म्याग्दी जिल्ला समिति कोषाध्यक्ष।

म्याग्दी जनयुद्धका शहिद जगत खड्का कमरेड आवेक ज्यामरुककोट २ गौश्वारा


नामःजगत खड्का
टेकनामःआवेग
जन्ममितिः२०३९।१२।२१गते
ठेगानाःज्यामरुककोट २ गौश्वाराम्याग्दी
हैसियतःपार्टी एरिया कमिति सदस्य।विद्यार्थी जिल्ला अध्यक्ष
बाबाःरतन खड्का
शहादत मितिः२०५८।१२।१३गते
शहादत स्थानःघार खिवाङ्ग म्याग्दी
घटना विवरणःविद्यार्थी अभियानको क्रममा घारवाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी शिखमा लगेर रातभरी चरम यातना दिएर खिवाङ्ग जँगलमा लगी सामुहिक रुपमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५६सालमा अखिल क्रान्तिकारी सदस्य।२०५७अर्जुन मा वि भकुण्डे अध्यक्ष। २०५८म्याग्दी जिल्ला अध्यक्ष। २०५८तत्कालिन ने क पा माओवादी एरिया कमिति सदस्य।

म्याग्दी जनयुद्धका शहिद कमरेड प्रेम बहादुर रोका मगर बराङ्गजा६झाँक्रीपानी


म्याग्दीका जनयुद्धका शहिद कमरेड प्रेम बहादुर रोका मगर बराङ्गजा ६ झाँक्रीपानी नामः प्रेम बहादुर रोका मगर
जन्ममितिः २०३९।३।१५गते
ठेगानाः बराङ्गजा ६ झाँक्रीपानी म्याग्दी
हैसियतः जनमिलिशिया सदस्य।मगर मोर्चा सदस्य
बाबाः लाल बहादुर रोका मगर
आमा मँगली रोका मगर
शहादतमितिः २०५८।१२।१०गते
शहादत स्थानः पिप्ले बैसरी म्याग्दी
घटना विवरणः बराङ्गजा गाउँ विकास समितिको भवनमा नेपाल कम्युनिष्ट पार्टी एमालेद्धारा सभा भईरहेको बेला तत्कालिन शाही सेनाले गिरफ्तार गरी निर्मम यातना दिएको। म्याग्दी बेनी जेलमा ३ महिना राखेपछि छोड्ने वाहानामा पछाडी दुबै हात बाँधी कुट्दै कुट्दै लगेर पिप्ले बैसरी म्याग्दीमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५४ सालमा अखिल -क्रान्तिकारी सदस्य । २०५५ सालमा मगर मोर्चा सदस्य । २०५५ सालमा जनमिलिशिया सदस्य।

Monday, December 28, 2009

म्याग्दी जनयुद्धका शहिद भेषनाथ उपाध्याय कमरेड जतिल बाबियाँचौर ४ भाइबाङ्ग


नाम ः भेषनाथ उपाध्याय
टेकनाम ः जतिल
ठेगाना ः बाबियाँचौर ४ भाइबाङ्ग म्याग्दी
हैसियत ः स्क्वायड सदस्य
बाबा ः महोदत्त उपाध्याय
शहादतमिति ः २०५८।१२।१० गते
शहादत स्थान ः पिप्ले बैसरी म्याग्दी
घटना विवरण ः बराङ्गजा १ आरुवा बाट तत्कालिन शाही सेनाले हतियार सहित गिरफ्तार गरी बेनीकास्की पोखरा बाग्लुङ्ग ब्यारेकमा लगी चरम यातना दिएको । ३ महिना सम्म म्याग्दी बेनी जेलमा राखेको। छोड्ने बाहानामा दुबै हात बाँधेर कुट्दै कुट्दै लगेर म्याग्दी पिप्ले बैसरीमा लगी गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमि ः २०५८ सालमा पूर्णकालिन कार्यकर्ता २०५८ सालमा छापामार दल स्क्वायड सदस्य

म्याग्दीका जनयुद्धका शहिद कमरेड खिम बहादुर बुदाथोकी मगर अर्मन ६ पोक


नामः खिम बहादुर बुढाथोकी मगर
जन्ममितिः २०२६ साल
ठेगानाः अर्मन ६ पोक म्याग्दी
हैसियतः मगर मोर्चा सदस्य
बाबाः मन प्रसाद बुढाथोकी मगर
आमाः मायाँ देवी बुढाथोकी मगर
शहादत मितिः २०५८।१०।२३ गते
शहादत स्थानः दरवाङ्ग तल्लो दःुखु अल्काचौर म्याग्दी
घटना विवरणः तत्कालिन शाही सेनाले झारा गएको बेला गिरफ्तार गरी श्री मँगला उच्च माध्यामिक विद्यालय वावियाँचौरमा लगी यातना दिएको दरवाङ्ग तल्लो दुःखु अल्काचौरमा लगी खाल्डोमा घाँटी सम्म पुरेर यातना दिएको र गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ सालमा मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल ईकाई कमिति सदस्य


म्याग्दीका जनयुद्धका शहिद कमरेड दुर्गा बहादुर दर्जी बराङ्गजा ५ ढुन्साङ्ग


नाम दुर्गा बहादुर दर्जी
जन्ममिति २०४८।३।५ गते
ठेगाना बराङ्गजा ५ ढुन्साँङ्ग म्याग्दी
हैसियत समर्थक
बाबा ल वि परियार
शहादत मिति २०५८।१०।९ गते
शहादत स्थान बराङ्गजा ३ आल्डाँडा म्याग्दी
घटना विवरण तत्कालीन शाही सेनाले गिरफ्तार गरी गाँउ र जंगल भरी डुलाएर म्याग्दी बराङ्गजा ३ आल्डाँडामा लगी आफैलाई खाल्डो अन्न लगाई गोली हानेर हत्या गरी पुरेको
राजनैतिक पृष्ठभूमि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को समर्थक

म्याग्दीका जनयुद्धका शहिद कमरेड चन्द्र बहादुर वि क अर्मन ६ पोक


नाम चन्द्र बहादुर वि क
जन्ममिति २०४८।७।२७ गते
ठेगाना अर्मन ६ पोक म्याग्दी
हैसियत समर्थक
बाबा हर्क बहादुर वि क
शहादत मिति २०५८।९।२६ गते
शहादत स्थान बराङ्गजा ३ पैरेखोरिया म्याग्दी
घटना विवरण घरबाट तत्कालीन शाही सेनाले गिरफ्तार गरी म्याग्दी बराङ्गजा ३ पैरेखोरियामा लगी गोली हानी हत्या स्याँउलाले छोपेको अवस्थामा शव प्राप्त ।
राजनैतिक पृष्ठभुमि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को समर्थक

म्याग्दीका जनयुद्धका शहिद कमरेड कृष्ण वि क बादल अर्थुङ्गे ८ छाप


नाम कृष्ण वि क
टेकनाम कमरेड वादल
जन्ममिति २०३३।१।१ गते
ठेगाना अर्थुङ्गे ८ छाप म्याग्दी
हैसियत जनमिलिशिया सदस्य
बाबा बलविर वि क
आमा छवीकला वि क
शहादत मिति २०५८।९।२७ गते
शहादत स्थान अर्थुङ्गे बेनी बजार म्याग्दी
घटना विवरण म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार आफ्नै अफिसबाट गिरफ्तार गरी साँझ पख बजारमा पछाडी बाँधेर कुट्दै कुट्दै हिडाएर गोली हानी हत्या

म्याग्दीका जनयुद्धका शहिद कमरेड दशरथ वि क बराङ्गजा ८ बुकेनी


नाम दशरथ वि। क।
जन्ममिति २०३१।३।८ गते
ठेगाना बराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियत मिलिशिया कमाण्डर
बाबा मन बहादुर वि क
आमा मनरुपी वि क
शहादत मिति २०५८।८।२८ गते
शहादत स्थान बराङ्गजा ४ आर्भाङ्ग विद्यालय
घटना विवरण तत्कालीन शाही सेनाले घरवाट गिरफ्तार गरी बराङ्गजा ४ आभाङ्र्ग विद्यालयमा लगी दुबै हात पछाडी बाधेर भितामा उभाएर बुटले छातीमा टेकेर कुटी कुटी टाउको बतारेर मुखबाट रगत वाकी वाकी पानी पानी भन्दा पनि पानी पिउन नपाएर राती शहादत
राजनीतिक पृष्ठभुमि २०५५सालमा तत्कालीन नेपाल कम्युष्टि पार्टी माओवादी सँग सम्पर्क २०५६ साल देखि बुकेनी गाँउ जनमिलिशिया कमाण्डर

म्याग्दीका जनयुद्धका शहिद धन बहादुर रोका मगर निषेश दरबाङ्ग ५ दु खु


नाम धन बहादर रोका मगर
टेकनाम कमरेड निशेष
जन्ममिति २०३९।४।११गते
ठेगाना दरवाङ्ग ५ दुःखु म्याग्दी
हैसियतःप्लाटुन सदस्य
बाबा चक्र प्रसाद रोका मगर
आमा नरिमा रोका मगर
शहादत मिति २०५८।८।२३ गते
शहादत स्थान रोल्पा रातामाता तावर
घटना विवरण रोल्पा रातामाता तावरको सैनिक क्याम्पमा आक्रमण गर्दा दुश्मनको गि्रनेट हिपमा विष्फोट हुँदा शहादत
राजनितिक पृष्ठभूमि २०५७।सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालीन कार्यकर्ता २०५७ सालमा शिखर साँस्कृतिक परिवार म्याग्दीको सदस्य २०५८ सालमा जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य ।

म्याग्दीका शहिद जीत बहादुर जुग्जाली मगर सुरज बिम १ तल्लो गाँउ


नामः जीत बहादुर जुग्जाली मगर
टेक नामः कमरेड सुरज
जन्ममितिः २०३६।११।२९ गते
ठेगानाः बिम २ तल्लोगाँउ म्याग्दी
हैसियतः एफ जि एल
बाबाः खड्क बहादुर जुग्जाली मगर
आमाः लीला मति जुग्जाली मगर
शहादत मितिः २०५८।८।११गते
शहादत स्थानः सोलुखुम्बु सल्लेरी
घटना विवरणः सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीको ब्यारेक माथि रेड आक्रमण गर्दा गि्रनेट विष्फोट बाट शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५३ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सम्पर्क । २०५५ अखिल नेपाल किसान सँघ क्रान्तिकारी गाँउ इकाई समिति सदस्य । २०५६ किसान गाँउ इकाई समिति अध्यक्ष । २०५७ असार मा ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ जनमुक्ति सेना नेपाल तत्कालिन ६ नम्बर प्लाटुन सदस्य । २०५८ प्रथम बटालियन एफ जि एल ।

म्याग्दीका शहिद तिर्थ छन्त्याल विश्व अर्मन ७ नेटा


नामः तिर्थ छन्त्याल
टेकनामः कमरेड विश्व
जन्ममितिः २०३८।३।९ गते
ठेगानाः अर्मन ७ नेटा म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः होम बहादुर छन्त्याल
आमाः तुलसी छन्त्याल
शहादत मितिः २०५७।१२।१९ गते
शहादत स्थानः रुकुमकोट रुकुम
घटना विवरणः रुकुम जिल्लाको रुकुमकोट प्रहरी चौकी रेड आक्रमण गर्दा गोली लागेर शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ तत्कालिन मँगला माध्यामिक विद्यालय बाबियाँचौर म्याग्दी अखिल क्रान्तिकारी इकाई समिति सदस्य । २०५७ जनमुक्ति सेना नेपाल तत्कालिन ६ नम्बर प्लाटुन सदस्य ।

म्याग्दी का शहिद विर बहादुर वि क हुरी ज्यामरुककोट ५ तमाने


नामः वीर बहादुर वि क
टेक नामः कमरेड हुरी
जन्ममितिः २०३७।४।९ गते
ठेगानाः ज्यामरुककोट ५ तमाने म्याग्दी
हैसियतः अखिल क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पस इकाई समिति सदस्य
बाबाः बाबुराम वि क
आमाः पूर्ण कली वि क
शहादत मितिः २०५७।४।१७ गते
शहादत स्थानः ज्यामरुककोट ५ तमाने म्याग्दी
घटना विवरणः माइन बम विष्फोट बाट शहादत प्राप्त
राजनैतिक पृष्ठभूमिः २०५७ अखिल क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पस इकाई समिति सदस्य । २०५७ जनमिलिशिया सदस्य ।