Sunday, March 28, 2010

२०५५ चैत्र २७ गते बाग्लुँग जिल्ला ग्वालिचौर गाविस खारा प्रहरी चौकी रेड कब्जा गर्दा प्रहरीको थिरी नट् थिरी राईफलको गोली लागेर घाईते भएको हुँ । म एसाल्ट गु्रफको भाईस कमाण्डर थिए । फस्ट फायर खोल्ने जिम्मा मेरो थियो । त्यति बेला सम्म हामी सँग राईफल थिएन । सोहि रेड बाट २ वटा थिरी नट् थिरी राईफल र १ वटा रिभल्वर कब्जा भएको थियो । हामी बाह्रबोर बन्दुकले मात्र लडेका थियौ ।

Gam Bahadur Shreesh Magar in Contitution Assembly

सभासद् गमबहादुर श्रीसमगरले सविधानसभामा शासकिय स्वरुप निर्धारण समितिको प्रारम्भिक मस्यौदा र अवधारणा पत्रको छलफलमा दिएको मन्तव्य

सम्माननीय अध्यक्ष महोदय

शासकिय स्वरुप निर्धारण समितिको प्रारम्भिक मस्यौदा र अवधारणा पत्रमा जो अन्तिम छलफल भईराखेको छ । यसमा राष्ट्रप्रमुख र सरकार प्रमुख राष्ट्रपति नै हुने जो राष्ट्रपतिय प्रणाली छ र यो नै हुनुपर्छ भन्ने मेरो आफ्नो मत छ र त्यो वालिग मताधिकार द्वारा जनताले प्रत्यक्ष मतदान द्वारा चुनिएको हुनुपर्छ र अर्काे कुरा प्रदेशको सन्दर्भमा पनि कार्यकारी प्रमुख जो मुख्यमन्त्री हुन्छ । त्यो नै हुनुपर्छ र त्यसमा जो सँसद व्यवस्थापीकावाट प्रदेशको व्यवस्थापीकावाट अर्थात् राज्यको व्यवस्थापीकावाट जो चुन्ने भनिएको छ । त्यो होइनकी वालिग मताधिकारमा प्रत्यक्ष रुपमा मुख्य मन्त्री चुनिनुपर्छ र अर्काे कुरा त्यहाँ राज्य प्रमुख र मुख्य मन्त्रीको बीचमा जो राज्य प्रमुख जो राखिएको छ । प्रदेश प्रमुख त्यो प्रदेश प्रमुख राख्ने भन्दा पनि त्यो मुख्यमन्त्रीले नै त्यो काम गर्नुपर्छ । त्यहाँ प्रदेश प्रमुख राख्नु हुदैन भन्ने म राख्न चाहन्छु । जसरी अन्य सन्दर्भमा हामीले तिन तहको कुरा त हामीले राख्यौ । कार्यकारिणी अँगको कुरा र त्यसमा पनि अर्काे हामीले स्थानीय गाँउ र नगर महानगरपालीकाको कुरा त हामीले लियौ तर हामीले स्वायत्त क्षेत्रको कुराहरुपनि हामिले गरिराखेका छौ । विशेषतःअन्य आदिवासी जनजातिहरुको सन्दर्भमा त्यस्तो सन्दर्भमा त्यसको के हुने हामी विषय अलि किलिएर हुनुपर्छ भन्ने लाग्छ र जो मन्त्रीमण्डलको जो कुरा छ केन्द्रमा पनि जो सँघीय व्यवस्थापीकाको सदस्यहरु नै मन्त्रीमण्डलमा रहने र सँघीय व्यवस्थापीकामा जो प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुको प्रतिशतको आधारमा मन्त्रिमण्डल रहने त्यो पनि ठिकै छ र त्यसमा फेरी त्यहाँ समानुपातिक हुनेकी नहुने त्यहाँ आदिवासी जनजातिको के हुने मधेसीको के हुने महिलाको के हुने यो कुरा पनि दलितको के हुने त्यो पनि ग्यारेन्टेड हुनुपर्छ । त्यो राजनैतिक दलको पाएको प्रतिशतको आधारमा भन्ने त छ । मतको आधारमा । सितको आधारमा ।तर त्यो समुदायहरुको प्रतिनिधित्वको ग्यारेन्टी त्यहाँ गरिएको छैन त्यो हुनुपर्छ । अर्को सरकार प्रमुख र राज्य प्रमुखको कुरा जो राष्ट्रपतिको सन्दर्भमा पनि दुई कार्यकाल भनिएको छ । त्यसमा एक कार्यकाल नै हुन जरुरी छ । अर्को कुरा एउटै समुदायको एउटै लिँगको त्यहाँ हुनुहुदैन । त्यसमा त्यसपछि अर्को हुनुपर्छ भन्ने लाग्छ । सिँगो त्यो चक्र नसिद्धिन सम्म अर्को अर्को हुदै जानुपर्छ । नकी त्यो बहुसदस्सीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीले व्यवस्थापीकामात प्रतिनिधित्व गरायो । जति हो त्यति प्रतिशत भयो तर कार्यकारिणी अँग मुख्य राष्ट्रपतिमा प्रदेशमा आउँदाखेरी मुख्य मन्त्री र तल स्वायत्त क्षेत्रहरुमा अर्थात् नगरपालीका अन्य ठाउँमा जो अध्यक्षको कुराहरु जो छन्। त्यसमा जो हुदैन । त्यसमा पनि त्यो प्रकारले चकि्रय प्रणाली अनुसार पनि त्यहाँ पनि जातीय हिसाबले अथवा त्यो समुदायको हिसाबले लिँग वर्ग क्षेत्रको आधारका पनि प्रतिनिधत्व हुने ग्यारेन्टी गरिनुपर्छ। धन्यवाद ।

Gam Bahadur Shreesh Magar in Contitution Assembly

सभासद् गमबहादुर श्रीसमगरले सविधानसभामा राज्यको पुनस्रँरचना र राज्य शक्तिको बाँडफाँड समितिको छलफल हुँदा दिएको मन्तव्य
सम्माननिय सँविधानसभा अध्यक्ष महोदय
सँविधानसभाको राज्यको पुनस्रँरचना र राज्य शक्तिको बाँडफाँड समितिको आज अन्तिम दिन छलफल भईरहेको छ । यसमा सर्वप्रथम त यस समितिले लिएको मस्यौदा र अवधारणापत्रमा मुलभुत रुपमा सहमति जनाउन चाहन्छु । यहाँ विशेषतः सबै विषयहरु आएका छन् । विशेषत आत्मनिर्णयको अधिकारको बारेमा राजनैतिक अग्राधिकारको बारेमा विशेषाधिकारहरु जसरी दलित महिलाहरुलाई जो दिइएको छ । यी विषयहरु निकै महत्वपुर्ण छन् भन्ने लाग्छ । यी विषयहरु यसमा समेतिएका छन् । विशेषतः यसलाई जो चौध प्रदेशमा विभाजन गरिएको छ । यो पनि निकै महत्वपुर्ण छ र अन्य कुराहरु जसरी यहाँ चौध प्रदेश जो स्वायत्तता दिइसके पश्चायत स्वायत्तता भित्र पनि जो विशेष सँरचनाको रुपमा अन्य विषयहरुलाई विशेष सँरक्षण क्षेत्रको रुपमा विशेष क्षेत्रको रुपमा जसरी लिने काम गरिएको छ । त्यो निकै महत्वपुर्ण छन् भन्ने लाग्छ र जहाँसम्म सैद्धान्तिक विषयकै सन्दर्भमा जो आत्मनिर्णयको अभिकारको विषयमा नेपालको सन्दर्भमा भनेर जहाँ कोर्ड गरिएको छ । आत्मनिर्णयको अधिकारको सन्दर्भमा मुख्य यसको जो लेनिनले जुन ढँगले व्याख्या गर्नुभएको थियो । त्यो आधारभुत मान्यतावाट हामी बाहिर गएर त्यसलाई विकृत हामिले गराउनु हुदैन भन्ने लाग्दछ र अन्य सन्र्दभमा जसरी यो भौगोलिक क्षेत्रहरुको सन्दर्भमा सिमाँकनको सन्दर्भमा जति पनि विषय जो छन् सिमा भनेको विषय आफै एउटा सँवेदनशिल र जतिल विषय हो र सिमानामा पर्ने जोसुकै पनि निश्चित रुपमा त्यसलाई एउटा जतिलता पैदा हुनेगर्छनै । मुलभुत रुपमा हामीले सानो क्षेत्र भएर आफु शोषित हुनुपर्ने र ठुलो क्षेत्र लिएर अरुलाई शोषण गर्ने भन्ने कुरा निश्चितरुपमा होइन र यहाँ जुन ढँगले सिमाँकन गरिएको छ यो मुलभुतरुपमा ठिक छ भन्ने लाग्छ । धन्यवाद ।

Friday, March 19, 2010

म्याग्दीका जनयुद्धका शहिद कुलविर किसान कमरेड पिपल कुँहु५पैयुपाटा

नामःकुलविर किसान
टेकनामःकमरेड पिपल
ठेगानाःकुँहु५पैयुपाटा म्याग्दी
बाबाःझिल्के किसान
आमाःगोरी किसान
शहादत मितिः२०५८।१२।१६गते
घटना विवरणः तत्कालिन शाहि सेना द्वारा हत्या

Friday, March 5, 2010

म्याग्दीजनयुद्धका बेपत्ता योद्धा दिलबहादुर थापामगर इन्द्रेणी बराङ्गजा२

नामः दिल बहादुर थापा मगर
टेकनामः कमरेड इन्द्रेणी
ठेगानाः बराङ्गजा २ पखेर म्याग्दी
हैसियतः डिभिजन सदस्य
बाबः इन्द्र बहादुर थापा मगर
बेपत्ता मितिः २०६२ माघ २ गते
बेपत्ता स्थानः स्याङ्गजा चित्रेभन्ज्याङ्ग
घटना विवरणः स्याङ्गजा जौबारी भिडन्त पछि चित्रे भन्ज्याङ्गमा जनमुक्ति सेनाको गस्ती तोलीलाई तत्कालीन शाही सेनाले घेरा हाल्दा अपहण गरी बेपत्ता बनाएको ।
राजनैतिक पृष्ठभूमिः २०६१ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको पूर्णकालीन कार्यकर्ता । २०६१ सालमा जनमुक्ति सेना सदस्य । २०६२ सालमा जनमुक्ति सेना नेपाल चौथो डिभिजन कृष्णसेन बिग्रेड तिन नम्बर बतालियन बि कम्पनी एक नम्बर प्लाटुन सदस्य ।