Wednesday, May 16, 2012

म त लालगद्दार भइसके


काठमाडौं । प्रमुख राजनीतिक दलहरूले विना नाम प्रदेशहरूमा हिजो उधारो सहमति गरेका छन् । तर, केही दिनको आन्दोलन र माथा पच्चिसीका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो बहुरूप भने राम्रैसित प्रदर्शन गरे । आइतबार आदिवासी–जनजातिलाई आन्दोलन गर्नुपर्छ भनेर उत्साह भर्ने काम गरे पनि उनले त्यसअघि शीर्ष नेताहरूको बैठकमा भने एमाले–कांग्रेसको प्रस्तावसित नजिक देखि“दै भनेका थिए– ‘म र बाबुरामजी ६ वा ८ प्रदेशकै पक्षमा छौ“ ।

उसै त सेना समायोजनमा त्यत्रो रिस्क मोल्दा मलाई आफ्नै साथीहरुले लालगद्दार घोषणा गरिसके । अब जातीय एकल पहिचानसहितको संघीयताबाट समेत पछि हटेँ भने म त बर्बादै हुन्छु ।’ बैठकमा माओवादी अध्यक्ष प्रचण्डलाई एमालेका एक नेताले सोधे, ‘जातीयतामा गएर के अब देशलाई धुजा–धुजा पार्ने त ?’ प्रचण्डले तत्काल जवाफ दिए, ‘त्यसलाई दुई÷चार वर्षमा म्यानेज गरौ“ला नि † त्यसबेलासम्म हामी सबैले पाठ पनि सिकौ“ला ।’ प्रचण्डले फेरि आफ्नो विवशता पोखे, ‘जनयुद्धका बेला एकल पहिचान र संघीयताको कुरा गरिहालियो, पार्टीमा पनि त्यसरी नै स्कुलिङ गरियो । मलाई पनि थाहा छ यो सही बाटो होइन, यस्तो संघीयता हु“दा पनि हु“दैन र टिक्दा पनि टिक्दैन । यो कुरा मैले राम्ररी बुझेको छु ।’

जनजाति नेतासित उग्र कुरा गरेर उनीहरूलाई आन्दोलन गर्न उकासेकोमा सोमबार सा“झ कांग्रेस, एमालेका नेता सुशील कोइराला र वामदेव गौतमले प्रचण्डलाई छा“स्दै प्रश्न गरेका थिए, ‘जथाभावी बोल्ने ? एकातिर बाहुन–क्षेत्री उग्र हुन्छन्, तपार्इंहरू जाग्नुभयो भने सन्तुलन मिल्छ भन्दै उकास्ने ? ठूलो दलको नेताका हैसियतले आक्रोशित भीडलाई शान्त हुन आग्रह गर्नुपर्नेमा जनजातिलाई तपार्इंहरू संघीयताविरोधीविरुद्ध सडकमा उत्रनोस् भन्ने ? थारूहरूलाई उचाल्ने ? सुदूरपश्चिममा पनि कार्यकर्ता उतारेर भिडन्त गराउने ?’ सहयात्री दलका नेताले आक्रोश पोखेपछि प्रचण्डले आत्मालोचना गर्दै भने, ‘बोल्दिहालेछु, त्रुटि भो । तर, मैले अनुशासित र शान्तिपूर्ण रूपमा मात्रै सडकमा आउनोस् भनेको हु“ ।’ प्रचण्डले सोमबार बिहानको छलफलमा आठ प्रदेशमा मिल्न गाह्रो छ, प्रदेशको संख्या र नाम रूपान्तरित संसद्ले नै टुंगो लगाओस् भन्ने प्रस्ताव गरेका थिए भने सोही दिन बेलुका ८, ११ वा संख्यासमेत पछि टुंगो लगाउनेगरी जाऔ“ भन्ने तीन विकल्प प्रस्तुत गरेका थिए । अन्ततः मंगलबारको बैठकले ११ प्रदेशको नाम पछि टुंगो लगाउनेगरी सहमति गरेको छ । यो सहमतिलाई आदिवासी जनजाति महासंघ, मधेसी मोर्चा र माओवादीको वैद्य समूहले आ–आफ्नो कोणबाट विरोध गरेका छन् ।

एमाले–कांग्रेसका नेताहरूले माओवादीलाई हात्तीवनमा भएको सहमतिबाट पछि हटेको आरोप लगाउ“दै आएका छन् । तर, प्रचण्डले त्यसबारे यसरी स्पष्टीकरण दिए, ‘हात्तीवन बैठकपछि पनि पार्टीपंक्तिलाई सम्झाउन अनेकौ“ कोसिस गरियो, तर केही सीप लागेन, त्यसैले म जातीय पहिचानभन्दा पछि हट्न सक्दिन“ ।’ सुरुमा कांग्रेस, एमालेसित नजिक देखिन खोजे पनि थप छलफलको बाटो नै बन्द गर्नेगरी प्रचण्डले कुरा राखेपछि एमालेका झलनाथ खनाल र इश्वर पोखरेलहरू त्यतिबेलै झस्किएका थिए । एमालेले त सोमबार दिउँसो स्थायी समितिको बैठकबाट प्रचण्डको अघिल्लो दिनको अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव नै पारित गरिसकेको थियो । साँझ प्रचण्ड निवासमा भएको अर्को भेलामा उनलाई सोको जानकारी दिँदा चित्त दुखाउँदै एमाले नेताहरुलाई उनले भने, ‘मैले कमजोरी स्वीकारिहालेँ, किन त्यस्तो निर्णय गर्नुपथ्र्यो, नगरेको भए हुने !’

No comments:

Post a Comment