Tuesday, May 15, 2012

अब वर्गसङ्घर्षतिर छलाङ हानौ: बादल

हाम्रो पार्टी एकीकृत नेकपा माओवादीभित्र विगत लामो समयदेखि चलेको अन्तरसङ्घर्षहरू बहसका उच्चतम विन्दुसम्म पुगेका छन् । हाम्रो पार्टीभित्र रहेका विभिन्न विचार समुहहरूले आ–आफ्नै ढङ्गले विचारको बहस गरेका छन् र गर्दै आइरहेका पनि छन् । त्योक्रम अझै पनि कतिपय विचार समुहहरूको यथावत नै छ तर हाम्रो विचार समुहले भने अब बहसदेखि बहस, प्रशिक्षणदेखि प्रशिक्षणबाट आफ्नो विचार समुहलाई क्रमभंग गर्दैछौ । अब हामी विचारदेखि व्यवहारतर्फ, अन्तरसङ्घर्षदेखि वर्गसङ्घर्षतिर छलाङ हान्दैछौ । त्यसकारण हामीले हाम्रो अबको कार्यक्रमलाई नयाा ऐतिहासिक अभियानको प्रस्थान विन्दुको रूपमा समेत लिएका छौ । त्यही अनुसारको तयारी पनि गर्न लागेका छौ ।

अब हामी एउटा नया परीक्षामा हाम्फाल्दैछौ । हाम्रा कार्यकर्ता, नेता र जनता सबैले आफ्नो उद्देश्य प्राप्तिका लागि परीक्षा पास गर्न जरुरी छ । त्यसकारण पनि हामीले एउटा अग्निपरीक्षामा खरो रूपमा उत्रनुपर्दछ । अहिले सबैतिर अविश्वास, अकर्मण्यता, अन्यौल छ । कार्यकर्ता, जनता सबैलाई नेताहरूप्रति अविश्वास र आशङ्का छन् र आफौप्रति पनि अविश्वास छ । त्यसकारण हाम्रा बिचको आशङ्का, अविश्वासहरूलाई चिर्ने एउटा नया अभियान हामीले सुरुआत गर्न लागेका छौा । हामीले हाम्रा आशङ्काहरूलाई एउटा कोठाभित्र बसेर चिर्न सक्दैनौ । त्यसका लागि हामीले तिनवटा प्रक्रियाहरू पार गर्नुपर्छ । त्यसोभए मात्रै हामीले हामी बिचको एकतालाई, आशङ्काहरूलाई, अविश्वासहरूलाई निर्मूल गर्न सक्छौा र नयाा एक्ता पैदा गर्न सक्छौ । 

सबैभन्दा पहिले हामीले हाम्रा कमजोरी, आशङ्काहरू जे–जस्ता छन्, त्यसलाई मेटाउने, हटाउने गर्नुपर्दछ । अहिले हामी देख्छौ, नेताहरूप्रति कार्यकर्ताहरूको आशङ्का छ । कार्यकर्ताप्रति जनताको आशङ्का छ र फेरि सिङ्गो राष्ट्रकै हाम्रो पार्टीप्रति थुप्रै प्रश्नहरू छन् । त्यसको जवाफ हामीले दिनु जरुरी छ । ती सबै आशङ्काहरू हामीले हटाउन जरुरी छ तर ती आशङ्का, अविश्वासहरूलाई हामीले के गरेर मेटाउने ? वा के गरेर त्यस्ता आशङ्का र अविश्वासहरूलाई हटाउने ? हाम्रा अगाडि गम्भीर प्रश्नचिन्ह उठेको छ । 

हामीमा उठेको आशङ्का, अविश्वासको हल गर्नका लागि सबैभन्दा पहिले हामीले वैज्ञानिक र वस्तुवादी विचारहरू संश्लेषण गर्न सक्नुपर्दछ । पहिले विचारको प्रश्नलाई हल गर्न सक्नुपर्दछ तर त्यत्तिले मात्र पनि हामीले आशङ्का र अविश्वासहरूलाई हल गर्न सक्दैनौा । त्यसका लागि हामीले अर्काे प्रक्रिया पनि पार गर्नुपर्दछ अर्थात हामीले अर्का परीक्षा पास गर्नुपर्दछ । त्यो भनेको हाम्रो विचारलाई हामीले व्यवहारमा लानुपर्दछ । सङ्घर्ष उठाउने हिक्मत गर्नुपर्दछ, जोखिम उठाउनुपर्दछ । आवश्यक परे हामीले बलिदान नै पनि गर्नुपर्दछ । त्यसो भयो भने मात्र बल्ल हामीमा एउटा दरिलो विश्वास पैदा हुन सक्छ । विचारबाट जब हामी बलिदानमा प्रवेश गर्छौ, विवेक तर्कबाट जब हामी व्यवहारमा जान्छौा, तब मात्र कार्यकर्ताहरूको नेताप्रति विश्वास पैदा हुन्छ । नेता महलमा बसिरहेको छ तर कार्यकर्ताको झुपडी पनि छैन भने कसरी विश्वास हुन सक्छ ? नेताहरू अन्य पक्षहरूसग आत्मसर्मपण गरेर धमाधम सम्झौता गरेर बाच्न मात्र चाहन्छ तर कार्यकर्ताहरूलाई भने बलिदानको उपदेश दिन्छ भने कसरी विश्वास पैदा हुन्छ ? यस्ता प्रश्नहरू हाम्रो पार्टीमा गम्भीर रूपले उठेको छ । 

अहिले मुलुक नै सङ्क्रमणकालको स्थितिमा छ । यो एउटा सङ्कटको पनि घडी हो । यो सङ्कट नेतृत्वको सङ्कट हो, पार्टीको सङ्कट हो । पार्टी र नेतृत्वकै सङ्कट उत्पन्न भइरहेको अवस्थामा यसको समाधान कसरी हुन्छ ? प्रश्न उठ्नु स्वाभाविक छ । यसको समाधान भनेको बलिदान हो । बलिदान नगरिकन अहिले बढेको अविश्वासलाई हामी विश्वासमा बदल्न सक्दैनौ । क्रान्तिकारीहरूले राष्ट्रका निम्ति, जनताको निम्ति आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिन सक्नुपर्छ । त्यसो भए मात्रै विश्वास पैदा हुन्छ तब मात्र जनताले, कार्यकर्ताले पनि ‘यो हाम्रो नेता’, ‘यो हाम्रो पार्टी’ भनेर नेता र पार्टीलाई संरक्षण गर्छन् । त्यस्तो पार्टी र नेताका लागि जनता, कार्यकर्ताले आफ्नो सर्वश्व दिन्छन् । जब जनता, कार्यकर्ताले त्यस्तो देख्दैनन्, तब उसले केही पनि दिदैन । जब नेताले जनता र राष्ट्रका निम्ति बलिदान होइन, आफ्नो व्यक्तिगत स्वार्थका निम्ति बलिदान गर्न थाल्छ, सम्झौता गर्न थाल्छ, बेइमान गर्न थाल्छ भने त्यो देख्दादेख्दै किन कार्यकर्ताले बलिदान गर्छ नेताप्रति ? सम्मान किन गर्छ नेताप्रति ?

त्यसैले अब नेताले कार्यकर्ताप्रति विश्वास गर्ने र कार्यकर्ताले पनि नेताप्रति विश्वास गर्नेगरी एउटा नयाा अभियान, विश्वास प्राप्त गर्ने अभियान सुरु गर्नुपर्दछ । त्यसकारण अहिले देखापरेको सङ्कटको समाधान हामीले सबैभन्दा पहिले आफौबाट सुरुआत गर्नुपर्दछ । अर्काे कुरा, हामीले बलिदान गरेर मात्र पनि विश्वास पैदा हुादैन, यो कुरा इतिहासमा हामीले देखेका छौा । विचार वस्तुवादी र वैज्ञानिक छ, सागसागै बलिदान पनि गरिएको छ भने मात्रै पनि विश्वास प्राप्त हुादैन । विश्वास प्राप्त गर्नका लागि मूल रूपमा हाम्रो विचार, बलिदान, सङ्घर्षले विजय प्राप्त गर्नुपर्दछ । त्यो भए मात्रै बल्ल रूपान्तरण हुन्छ अनि त्यो रूपान्तरणबाट मात्रै विश्वास प्राप्त हुन्छ । त्यसकारण वस्तुवादी, वैज्ञानिक विचार, बलिदान र विजय प्राप्तिको तिनवटा प्रक्रिया पूरा भएपछि मात्रै वस्तुहरूको रूपान्तरण हुन्छ । त्यसकारण विचारमा बहस गर्ने तर त्यसलाई विचारदेखि विचारसम्म लगेर टुङ्ग्याउने होइन, त्यो विचारलाई हामीले व्यवहारसम्म लानुपर्दछ । वर्गसङ्घर्षमा त्यसलाई परिणत गर्नुपर्दछ र फेरि त्यसलाई वर्गसङ्घर्षमा मात्रै पनि गोलचक्कर लगाइराख्ने होइन । सङ्घर्ष नै सबै थोक पनि होइन । त्यो सङ्घर्षलाई विजयसम्म पुर्‍याउने काम पनि गर्नुपर्दछ । जुन लक्ष्य निर्धारण गरिएको छ त्यसको प्राप्ति गर्न सक्नुपर्दछ अनि मात्र दुनियाा‘लाई बुझ्ने र बदल्ने प्रक्रियाको अन्त्य हुन्छ । यस्तो प्रक्रिया अनवरत रूपमा अगाडि बढिरहन्छ । अहिले हामी यही प्रक्रियाभित्र छौ । 

हाम्रो पार्टीभित्र गत फागुन १ गतेपछि फेरि गतिरोध पैदा भएको छ । गतिरोध वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष दुवै क्षेत्रमा पैदा भएको छ । अहिले देखिएको गतिरोधलाई चिर्नका निम्ति फेरि हामीले पुरानै शैली अपनाएर मात्र चिर्न कदापि सक्दैनौ । त्यसकारण अहिले देखिएका अन्तरसङ्घर्षलाई चिर्नका निम्ति हामीले नयाा ढङ्गले अन्तरसङ्घर्ष सञ्चालन गर्न जरुरी छ । वर्गसङ्घर्षलाई पनि फेरि उही पुरानै शैलीले निरन्तरता दिएर त्यसलाई सही दिशातर्फ हामीले अगाडि लैजान सक्दैनौ । त्यसकारण वर्गसङ्घर्षको क्षेत्रमा पनि हामीलाई एउटा नया योजना चाहिएको छ । त्यही नया योजना, नया अभियान अहिले हामीले अगाडि बढाउन लागेका छौा । त्यसकारण बहसदेखि बहस, प्रशिक्षणदेखि प्रशिक्षणसम्म मात्र होइन, अब हामीले विचारदेखि व्यवहारतर्फ, अन्तरसङ्घर्षदेखि वर्गसङ्घर्षतिर छलाङ हान्न जरुरी छ । हाम्रा पुराना मुल्य र मान्यतामा चलेको अन्तरसङ्घर्षहरूमा क्रमभङ्ग गर्न जरुरी छ । 

No comments:

Post a Comment