Sunday, March 28, 2010

Gam Bahadur Shreesh Magar in Contitution Assembly


सभासद् गमबहादुर श्रीसमगरले सविधानसभामा राज्यको पुनस्रँरचना र राज्य शक्तिको बाँडफाँड समितिको छलफल हुँदा दिएको मन्तव्य
सम्माननिय सँविधानसभा अध्यक्ष महोदय
सँविधानसभाको राज्यको पुनस्रँरचना र राज्य शक्तिको बाँडफाँड समितिको आज अन्तिम दिन छलफल भईरहेको छ । यसमा सर्वप्रथम त यस समितिले लिएको मस्यौदा र अवधारणापत्रमा मुलभुत रुपमा सहमति जनाउन चाहन्छु । यहाँ विशेषतः सबै विषयहरु आएका छन् । विशेषत आत्मनिर्णयको अधिकारको बारेमा राजनैतिक अग्राधिकारको बारेमा विशेषाधिकारहरु जसरी दलित महिलाहरुलाई जो दिइएको छ । यी विषयहरु निकै महत्वपुर्ण छन् भन्ने लाग्छ । यी विषयहरु यसमा समेतिएका छन् । विशेषतः यसलाई जो चौध प्रदेशमा विभाजन गरिएको छ । यो पनि निकै महत्वपुर्ण छ र अन्य कुराहरु जसरी यहाँ चौध प्रदेश जो स्वायत्तता दिइसके पश्चायत स्वायत्तता भित्र पनि जो विशेष सँरचनाको रुपमा अन्य विषयहरुलाई विशेष सँरक्षण क्षेत्रको रुपमा विशेष क्षेत्रको रुपमा जसरी लिने काम गरिएको छ । त्यो निकै महत्वपुर्ण छन् भन्ने लाग्छ र जहाँसम्म सैद्धान्तिक विषयकै सन्दर्भमा जो आत्मनिर्णयको अभिकारको विषयमा नेपालको सन्दर्भमा भनेर जहाँ कोर्ड गरिएको छ । आत्मनिर्णयको अधिकारको सन्दर्भमा मुख्य यसको जो लेनिनले जुन ढँगले व्याख्या गर्नुभएको थियो । त्यो आधारभुत मान्यतावाट हामी बाहिर गएर त्यसलाई विकृत हामिले गराउनु हुदैन भन्ने लाग्दछ र अन्य सन्र्दभमा जसरी यो भौगोलिक क्षेत्रहरुको सन्दर्भमा सिमाँकनको सन्दर्भमा जति पनि विषय जो छन् सिमा भनेको विषय आफै एउटा सँवेदनशिल र जतिल विषय हो र सिमानामा पर्ने जोसुकै पनि निश्चित रुपमा त्यसलाई एउटा जतिलता पैदा हुनेगर्छनै । मुलभुत रुपमा हामीले सानो क्षेत्र भएर आफु शोषित हुनुपर्ने र ठुलो क्षेत्र लिएर अरुलाई शोषण गर्ने भन्ने कुरा निश्चितरुपमा होइन र यहाँ जुन ढँगले सिमाँकन गरिएको छ यो मुलभुतरुपमा ठिक छ भन्ने लाग्छ । धन्यवाद ।

No comments:

Post a Comment